लम्पी स्किन प्रभावितलाई राहत दिने सम्बन्धी कार्यविधि पास गर्न ढिलाइ भएकै हो : कृषिमन्त्री

१७ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोग प्रभावित किसानलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड स्वीकृत गर्न ढिलाइ भएको स्वीकार गरेका छन् । आाइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भुसालले प्रक्रियागत ढिलाइ भएको स्वीकार गरे । ‘मन्त्रालयबाट पठाइएको प्रस्ताव अर्थ र गृह मन्त्रालयमा प्रक्रियामा रहेको र यो नियतले भन्दा […]

सम्बन्धित सामग्री

लम्पी स्किन पीडित किसानलाई राहत दिने काममा ढिलाई हुँदैन : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट पीडित किसानलाई राहत दिने काममा ढिलाई नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री भुसालले सोसम्बन्धि मापदण्डमा अर्थ र गृह मन्त्रालयले सहमति दिने बित्तिकै पीडित किसानलाई राहत वितरण गर्ने बताउनुभएको हो । उहाँले कृषि अनुदान […]

किसानलाई राहत देऊ

लम्पी स्किन रोगबाट अर्बौं रुपैयाँबराबरको आर्थिक क्षति बेहोरेका लाखौं किसानलाई क्षतिपूर्ति नदिने घोषणा गरेको सरकारले अहिलेसम्म सानो राहत पनि दिन सकेको छैन । तत्काल राहतको व्यवस्था गर्न छोडेर जिम्मेवारीमा बसेका कृषिमन्त्री आफैंले राहत दिन ढिलाइ भएको बताइरहेका छन् । यो सरकारको गैरजिम्मेवारीपन हो । करिब सात–आठ महिनाअघिदेखि गाईभैंसीमा फैलिन सुरु गरेको लम्पी स्किन रोग अहिलेसम्म […]

लम्पी स्किन पीडित किसानलाई २० हजारसम्म राहत प्रस्ताव

१९ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार गरेको छ । पीडित किसानलाई मरेका पशुअनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत दिने गरी राहत मापदण्ड बनाइएको हो । मन्त्रालयले तयार गरेको मापदण्ड आर्थिक विश्लेषणका लागि अर्थ मन्त्रालयमा पठाइएको कृषिमन्त्री डा. वेदुराम भुसालले […]

करीब १४ लाख लम्पी स्किन रोगी पशु निको

काठमाडौं। लम्पी स्किन रोगको भाइरसबाट संक्रमितमध्ये करीब १४ लाख पशु निको भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतवार कृषिमन्त्री डा. वेदुराम भुसालको ५ महीनाको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्म १३ लाख ९३ हजार ५ सय ९५ पशु पूर्ण रूपमा निको भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार हालसम्म १५ लाख १९ हजार ७७९ पशु संक्रमित भएका छन् । रोगले महामारीको रूप लिएपछि मन्त्रालयले जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात गरी ९ लाख १९ हजार ४१६ पशुलाई लगाएको थियो । रोगको अवस्था सामान्य भएका पशु सामान्य उपचारबाट निको भएको मन्त्रालयको भनाइ छ । रोग लागेका पशुलाई भ्याक्सिन दिन नमिल्ने भएकोले उपचार जटिल भएको पनि मन्त्रालयले जानकारी दियो । पत्रकार सम्मेलनमा मन्त्री भुसालले उपचारपछि निको हुने पशुको संख्या बढ्दै गएकाले संक्रमण थप फैलिने सम्भावना नरहेको बताए ।  अहिले पनि ७३ हजार ६३६ पशु बिरामी अवस्थामा छन् । लम्पी स्किनबाट हालसम्ममा ५२ हजार ५४८ पशु मरेका छन् । मन्त्री भुसालका अनुसार लम्पी स्किनबाट पशु गुमाएका किसानलाई राहत उपलब्ध गराउने कार्यमा केही ढिलाइ भएको छ । ‘यद्यपि अहिले राहत उपलब्ध गराउने मापदण्ड २०८० तयार गरी सहमतिका लागि गृह र अर्थ मन्त्रालय पठाइएको छ । स्वदेशमै यस रोगको खोप उत्पादन गर्न छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको छ,’ उनले भने । रोग नियन्त्रणका लागि पशुसेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको पनि मन्त्री भुसालले जानकारी दिए । विभाग र मातहतका कार्यालयमा कार्यरत सहसचिवहरूको नेतृत्वमा सातै प्रदेशमा औषधिसहित टोली खटाइएको छ । यस वर्ष १० वर्षयताकै सबैभन्दा बढी रासायनिक मल आयात भएकोले किसानले अभाव झेल्नु नपरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । चालू आर्थिक वर्षमा मल खरीदका लागि ३० अर्ब रुपैयाँ बजेट सुनिश्चितता गरिएको छ । मल कारखाना खोल्ने सम्बन्धमा अध्ययन गर्न लगानी बोर्डमार्फत दुई कम्पनीलाई अनुमति दिइएको छ ।

'सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने'

काठमाडौँ : कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन्।बिहीवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताएका हुन्। उनले लम्पिस्किन रोग लागेर पशुहरुको मृत्यु भएपश्चात किसानहरुलाई ठूलो क्षति भए पनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिनभने नसकिने बताए। यद्यपि सरकारको तर्फबट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरह

लम्पी स्किनबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन सक्दैनौं : कृषिमन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसक्ने बताएका छन् ।​ बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पी स्किनबाट मृत्यु भएका पशुहरूको क्षतिपूर्ति दिन नसकिने बताएका हुन् । मन्त्री भुसालले लम्पी...