महाेत्तरी - पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासमा रहेको भपसीखोलामा ५ महिनामै ५० मिटर लामो पुल बनेको छ ।
सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाकै अवधिमा पुलको निर्माण सम्पन्न गरेको हो । यो पुल २ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ ।
गएको २०७८ मङ्सिरमा सम्झौता गरी पुसदेखि पुल बनाउन सुरु गरिएकोमा गएको वैशाखमा काम सकिएको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो । यस्तै धनुषा र महोत्तरी जिल्लालाई जोड्ने महत्त्वपूर्ण र...