नेपालको दोस्रो लामो पुल निर्माण पूरा

नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको हो ।

सम्बन्धित सामग्री

राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु

हुलाकी सडकअन्तर्गत राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ । सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले पुल बनाउन थालेको हो । सिधनियाघाटमा रहेको...

स्वाँतखोलामा तीन सय ४४ मिटर लामो पुल निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ को शिख स्थित स्वाँत खोलामा तीन सय ४४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । शिखको निरवाङ र किन्दु जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि ४५ मिनेटको यात्राअवधि २० मिनेटमा छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–५ घिरवाङका बासिन्दा अर्जुन चोचाङ्गीले पुल बनेपछि जङ्गल, भिर र खोल्साको घुमाउरो बाटो यात्रा गर्नुपर्ने बाध्यता […]

म्याग्दी र बागलुङ जोड्ने झोलुंगे पुल निर्माण

म्याग्दी र बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका-४ कुडुँले फाँट जोड्ने झोलुंगे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ । रत्नेचौर– कुडुँले पुल बनेपछि एक घण्टाको यात्रा गर्नुपर्ने बाध्यता दुई गाउँका बासिन्दालाई हटेको छ। लामो पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो […]

बागलुङ र म्याग्दी जोड्ने ३८८ मिटर लामो पुल : एक घण्टाको यात्रा पाँच मिनेटमा

बागलुङ : बागलुङ र म्याग्दी जोड्ने ३८८ मिटर लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको छ।  बागलुङ नगरपालिका–४ कुडुले फाँट देखि म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएसंगै नागरिकको यात्राको समय छोटिएको छ। झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुंगे पुल थपिने क्रम जारी छ। बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलु‌ंगे पुल थपिएको एक वर्षमै बागलुङ नगरपालिका–४ कुडुँले फेदीबाट म्याग्दीको बेनी

पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासस्थित भपसीखोलामा पाँच महिनामै ५० मिटर लामो पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का लिएर पनि ठेक्केदार कम्पनीले लामो समयसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति मौलाइरहेका बेला सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८र७९ को पाँच महिनाकै अवधिमा सो पुलको निर्माण सम्पन्न गरेको हो ।सो पुल कुल रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको छ । गत २०७८ मङ्सिरमा सम्झौता गरी पुसबाट पुल निर्माण सुरु गरेको र गत २०७९ वैशाखमा काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय जनकपु

ओमथान खोलामा ट्रस पुल निर्माण

म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जास्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गरे । पुलले गुर्जा आउजाउ सहज र सुरक्षित बनाउन सघाएको वडाध्यक्ष छन्त्यालले बताए । यसअघि सो ठाउँमा रहेको अस्थायी प्रकृतिको झोलुङ्गे पुल थियो । बर्खायाममा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुने गरेको थियो । गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीका अनुसार २८ मिटर लामो पुल निर्माणका ला

बागलुङमा दोस्रो लामो पुल बन्ने

‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो (५६७ मी लामो) पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन’ले अर्को लामो पुल निर्माणको तयारी थालेको हो ।बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ नगरपालिका–४ गौरी धामदेखि पर्वतको जलजला गाउँपालिका–८ नागलीबाङ जोड्ने

ट्रस प्रविधिको झोलुङ्गे पुल निर्माण

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको अस्कारेखोलामा निर्माण भएको ट्रस प्रविधिको झोलुङ्गे पुलबाट तीन वडाका ७०० घरधुरी लाभान्वित भएका छन् । धौलागिरि गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरी कूल ३० लाख ५० हजार रुपैयाँको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो । टिबिएसयुको प्राविधिक र गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोगमा निर्माण भएको सो […]

बेनी–जोमसोम–कोरला सडकमा आठ पुल निर्माण

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठओटा पक्क पुल निर्माण भएको छ । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन अवस्थामा छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको बताए । ‘नियमित र सहजरुपमा यातायात सञ्चालनका लागि सडकको स्तरोन्नतिसँगै बेलिब्रिज विस्थापित गरी पुल निर्माण भइरहेको छ,’ उनले भने, ‘एउटा पुल निर्माणको ठेक्का प्रक्रियामा छ । थप पाँचओटा पुल बनाउन बनाउन आवश्यक छ ।’ म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा ११५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिर र पोखरबगरस्थित कालीगण्डकीमा ८० र ७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर लामो र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । चालिस मिटर लामो लेते खोलाको मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ । आयोजनाका इञ्जिनीयर आश्विनीकुमार यादवले निर्माणका क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएकाले नमूना परिवर्तनसहित दूरी बढाएर नयाँ प्रक्रियाबाट पुल बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए । ‘चालिस मिटर लम्बाइको रुप्से खोलाको पुलको दुवैतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान ८५ प्रतिशत काम भएकामा बाढीले पुलको जग नै खलबलाउने गरी बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ,’ उनले भने, ‘भूगोल र प्राकृतिक विपद्का कारण नमूना संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया शुरू गर्नुपर्ने भएको हो ।’ बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । पाण्डाखोलामा पुल बनाएको भन्दा फरक ठाउँबाट खोला बग्न थालेपछि ५० मिटर लामो अर्काे पुल बनाउन प्रस्ताव गरिएको छ । ७ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म ४ अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले जानकारी दिए । पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म १३ ओटा खण्डमा सडक सस्तरोन्निति भइरहेको छ । २५ किलोमिटर दूरीको चराङ–छोसेरबाहेक जोमसोम–कोरला खण्डको ६ ओटा प्याकेजमा ११ मिटर फराकिलो सडक ग्राभेल भइसकेको छ । रासस

पूर्वाधार विकास साझेदारीको बजेटबाट पक्की पुल

स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटले २ वडा जोड्ने पक्की पुल निर्माण गरिएको छ । तनहुँको व्यास नगरपालिका–१० र ११ को भर्‍याङ्दी जोड्ने खोलामा चालू आर्थिक वर्षको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटले पक्की मोटरेबल पुल निर्माण गरिएको हो । १० मिटर लामो पुल निर्माणका लागि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । उक्त रकमबाट उपभोक्ता समितिले पुल निर्माण गरी १ किलोमिटर सडकमा ग्राभेलसमेत गरेका छन् । उक्त पुलको शनिवार उद्घाटन गर्दै सां...