अमरेशकुमार सिंहलाई सर्लाही ४ मा उम्मेदवार बनाउन कांग्रेस मधेश समितिको सिफारिस

काठमाडौँ- नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहलाई सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाउन कांग्रेस मधेस प्रदेश समितिले सिफारिस गरेको छ। कांग्रेसको क्षेत्रीय कार्य समितिले निर्वाचित सांसद सिंहको नाम नै नराखी महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरेको थियो।आफ्नो नाम उम्मेदवारमा सिफारिस नगरेपछि अमरेशकुमारले मधेस प्रदेश कांग्रेस कार्यसमितिमा निवेदन दिएका थिए। सिंहको निवेदनपछि उनलाई प्रदेश कार्य […]

सम्बन्धित सामग्री

सर्लाहीमा ‘आरजु भाउजु जिन्दावाद’

१० साउन, जनकपुर । कांग्रेस केन्द्रीय समिति जारी छँदै केन्द्रीय सदस्य आरजु राणा देउवा सोमबार मधेश झरिन् । जनकपुरमा एक रात बसेर सर्लाही धनकौल गाउँपालिकामा पार्टीले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनी म‌ंगलबार दिउँसो पुग्दा माला लगाउन तँछाडमछाड गर्नेहरुको ठूलै समूह थियो । सर्लाही ४ मा पर्ने यो पालिकामा आरजुलाई माला लगाउन ठेलमठेल भिडमा थिए, कांग्रेसका […]

मधेश प्रदेशको कृषिमा ५४ अर्ब कर्जा

वीरगञ्ज । मधेश प्रदेशको कृषिक्षेत्रमा करीब ५४ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैंक, प्रदेश कार्यालय जनकपुरले हालै सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधिसम्बन्धी अध्ययनअनुसार आर्थिक वर्ष (आव) २०७८/७९ सम्ममा बैंक, वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषिक्षेत्रमा प्रवाह भएको कर्जा ५३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यो रकम मधेशमा लगानी भएको कुल कर्जाको १२ दशमलव ५५ प्रतिशत हो । यस्तो कर्जामध्ये सबैभन्दा बढी सर्लाही जिल्लामा गएको देखिन्छ । सबैभन्दा कम कृषि कर्जा सप्तरी जिल्लामा लगानी भएको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । समीक्षा वर्षमा मधेश प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जामा उल्लेख्य वृद्धि भएको देखिन्छ । यस्तो कर्जा २२ अर्ब ३० करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकको तथ्यांक छ । आव २०७७/७८ सम्ममा यो शीर्षकको कर्जा १४ अर्ब ५ करोड रुपैयाँमात्रै थियो । राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा प्रवाहमा गरेको बाध्यात्मक नीतिगत व्यवस्थाका कारण उक्त कर्जा प्रवाह बढेको अध्ययनमा उल्लेख छ । सहुलियत कर्जा सबैभन्दा बढी सर्लाही (४ अर्ब ४८ करोड रुपैयाँ) र सबैभन्दा कम सप्तरी (१ अर्ब ८ करोड रुपैयाँ) मा लगानी भएको देखिन्छ । कृषिमा अधिक सम्भावना मधेश प्रदेशमा भौगोलिक सुगमता र खेतीयोग्य जमीनको प्रचुरताका कारण कृषिको सम्भावना बढी रहेको राष्ट्र बैंकको अध्ययनले औंल्याएको छ । मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान ३४ प्रतिशत छ । यो राष्ट्रिय औसतको तुलनामा १० प्रतिशत बिन्दुले बढी हो । माछापालन हुने मुलुकका प्रमुख १० जिल्लामध्ये मधेश प्रदेशका प्रायः सबै जिल्ला अग्रस्थानमा रहेकाले आधुनिक प्रविधि प्रयोग गरी माछाको उत्पादन बढाउन सकिने सम्भावना पनि अध्ययनले देखाएको छ । मधेशमा सबैभन्दा बढी जनसंख्या भएकाले श्रम आपूर्ति सहज हुने र तरकारी, फलफूल, माछा, मासुजस्ता कृषिजन्य वस्तुको व्यावसायिक उत्पादनका साथै खपत बजारको पनि सम्भावना भएको अध्ययनको निष्कर्षमा भनिएको छ । ‘मधेश प्रदेशबाट वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या धेरै रहेकाले पूँजी, प्रेरणा, आत्मविश्वास र उन्नत प्रविधिसम्बन्धी ज्ञानसहित विदेशबाट फर्किएका युवालाई कृषि व्यवसायमा आकर्षित गरी उत्पादकत्व वृद्धि गर्न सक्ने सम्भावना रहेको छ,’ अध्ययनको निष्कर्षमा भनिएको छ । मधेशमा उर्वर भूमि बढी रहेकाले सिञ्चित भूमिको क्षेत्रफल विस्तारमार्फत खाद्यान्न र तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना पनि रहेको राष्ट्र बैंकले औंल्याएको छ ।

मधेश प्रदेशका पूर्व मन्त्री सिंह सर्लाही ४ (क) बाट विजयी

सर्लाही ४ (क) मा नेपाली कांग्रेसका बिरेन्द्रप्रसाद सिंह बिजयी भएका छन् । मधेश प्रदेशका पुर्व महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री समेत रहेका सिंह १५ हजार ६ सय ९३ मत सहित विजयी...

अमरेश सिंहको नाम नराखी कांग्रेस मधेश प्रदेशले प्रतिवेदन बुझायो

नेपाली कांग्रेस मधेश प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार सर्लाही–४ बाट महामन्त्री गगनकुमार थापाको नामसमेत सिफारिस गरेको कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए । उक्त क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए । तर, गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा अनुशासनको कारबाहीमा परेपछि क्षेत्र र जिल्लाले सिंहको नाम काटेर महामन्त्री थापाको नाम सिफारिस गरेको थियो । क्षेत्र र जिल्लाकै सिफा

अमरेशको नाम नराखी कांग्रेस मधेश प्रदेशले गर्‍यो उम्मेदवार सिफारिस

काठमाडौँ - नेपाली कांग्रेस मधेश प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार सर्लाही–४ बाट महामन्त्री गगनकुमार थापाको नामसमेत सिफारिस गरेको कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।  उक्त क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थि...

अमरेशको नाम नराखी कांग्रेस मधेश प्रदेशले गर्‍यो उम्मेदवार सिफारिस

काठमाडौँ - नेपाली कांग्रेस मधेश प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार सर्लाही–४ बाट महामन्त्री गगनकुमार थापाको नामसमेत सिफारिस गरेको कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।  उक्त क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थि...

कांग्रेस नेता अमरेश सिंह सर्लाही–४ बाट सिफारिस

काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह सर्लाही–४ बाट उम्मेदवार सिफारिस भएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि सिंहलाई क्षेत्रिय कमिटीले सिफारिस नगरेपनि मधेश प्रदेश कमिटीले उम्मेदवार बनाउन सिफारिस गरेको हो । उनले मधेश प्रदेश कार्यसमितिमा उम्मेदवार सिफारिस गर्न निवेदन दिएका थिए ।

सर्लाही ४– प्रदेश कमिटीद्वारा अमरेशकुमार सिंहको नाम सिफारिस

कांग्रेस नेता अमरेशकुमार सिंहको नाम क्षेत्रीय कमिटीले सिफारिस नगरेको भएपनि प्रदेश कमिटीले सिफारिस गरेको छ । मधेस प्रदेश कमिटीले सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाउन  केन्द्रमा नाम पठाउँदा सिंहको नाम पनि थपेर सिफारिस गरेको हो । यसअघि सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसले आफ्नो नाम उम्मेदवारमा सिफारिस नगरेपछि अमरेशकुमारले मधेश प्रदेश कांग्रेस कार्यसमितिमा निवेदन दिएका थिए।अमरेशको निवेदनपछि उनलाई प्रदेश कार्यसमितिले रायसहित उम्मेदवार सिफारिस गरेको प्रवक्ता नितेश गुप्ताले जानकारी दिए।

नेता अमरेशकुमार सिंहमाथि अनुशासनको कारवाही

काठमाडौँ । कांग्रेस नेता अमरेशकुमार सिंहमाथि अन्तर्घातको आरोपमा अनुशासनको कारवाही गरिएको छ । २०७४ सालको निर्वाचनमा सर्लाही-४ बाट निर्वाचित सिंहमाथि गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेको हो । कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले गत २ असारमा सिंहलाई निलम्बन गरेको कांग्रेस मधेश प्रदेश कार्यसमिति÷अनुशासन समितिलाई जानकारी गराएको छ । गत ४ […]