कांग्रेस नेता अमरेशकुमार सिंहको नाम क्षेत्रीय कमिटीले सिफारिस नगरेको भएपनि प्रदेश कमिटीले सिफारिस गरेको छ । मधेस प्रदेश कमिटीले सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाउन केन्द्रमा नाम पठाउँदा सिंहको नाम पनि थपेर सिफारिस गरेको हो । यसअघि सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसले आफ्नो नाम उम्मेदवारमा सिफारिस नगरेपछि अमरेशकुमारले मधेश प्रदेश कांग्रेस कार्यसमितिमा निवेदन दिएका थिए।अमरेशको निवेदनपछि उनलाई प्रदेश कार्यसमितिले रायसहित उम्मेदवार सिफारिस गरेको प्रवक्ता नितेश गुप्ताले जानकारी दिए।