क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड सङ्क्रमण भएको छ । आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् । प्रधानमन्त्रीले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य निर्देशन पालन गरेर क्वारेन्टिनमा बसेको जनाएका छन् । उनले कोभिड खोप नलगाएकाहरूलाई पनि खोप लगाउन आह्वान गरेका छन् । ‘कोभिड १९ परीक्षण गर्दा मलाई पोजेटिभ देखिएको छ । म सार्वजनिक स्वास्थ्य दिशानिर्देश पालना गर्दैछु र अलग्गै बस्नेछु । खोप लगाइसकेकाले मेरो अव