सिजनमा १२ लाखसम्म आम्दानी हुने च्याउ खेतीमा रमाउँदै बस्नेत दम्पती

तेह्रथुम- घर नजिकै बनाएका टनेलहरू । यही टनेलमा लगाएको च्याउ खेती । च्याउ खेती सँगै रमाइरहेका छन् धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ का चुइन्द्र बस्नेत र उनका श्रीमती टीका बस्नेत । चार वर्षदेखि च्याउ खेती गर्दै आएका छन् बस्नेत दम्पती । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेका हुन् । च्याउ खेती रोजेपछि आम्दानी […]

सम्बन्धित सामग्री

च्याउ खेतीबाटै बार्षिक ३६ लाख आम्दानी

गुल्मी । गुल्मीको एक परिवारले च्याउ खेतीबाटै बार्षिक ३६ लाखसम्म आम्दानी गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–०८ निवासी कमला भलामी परिवारले च्याउ खेतीबाटै घरमै बसेर मनग्य आम्दानी गरेको हो । ४२ बर्षिया कमलाले ०७६ सालदेखि घरकै सटरबाट च्याउ उत्पादन सुरु गरिन् । त्यसपछि कृषि ज्ञान केन्द्रबाट एक लाख अनुदान ल्याएर एउटा टनेलबाट व्यावसायीक च्याउ खेती […] The post च्याउ खेतीबाटै बार्षिक ३६ लाख आम्दानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

च्याउबाट मनग्गे कमाइ

वीरेन्द्रनगर नगरपालिका–११ का इमानसिंह बस्नेतले च्याउ खेती गर्न थालेको झन्डै १३ वर्ष पुग्यो । सुरुका वर्षहरूमा घरकै एक कोठामा सामान्य रूपमा च्याउ खेती थालेका उनले व्यावसायिक रूपमा खेती थालेको ६ वर्ष पुग्यो । सुरुमा २ सय डल्लाबाट च्याउ खेती गरेका उनको बारीमा अहिले ६ वटा टनेल छन् । उनले एकैपल्ट करिब ७ हजार डल्लासम्ममा च्याउ फलाइरहेका छन् । च्याउ खेतीबाट महिनामा उनको आम्दानी झन्डै डेढ लाख रुपैयाँसम्म हुन्छ ।

च्याउ खेतीबाट मनग्य आम्दानी गर्दै कुँवर

लमजुङ । देशमा भनेजस्तो रोजगार पाइएन भन्दै बिदेसिएका युवाहरुका लागि बेंसीशहरका विष्णु कुँवर प्रेरणा बन्नुभएको छ । बेंसीशहर नगरपालिका–२ मगरपात्ले गाउँका ५२ वर्षीय कुँवरले गाउँमै बसेर च्याउ खेती गरेर रोजगारीमा सग्लन मात्र नभई वार्षिक लाखौं आम्दानी गर्नुहुन्छ । विगत ७ वर्षदेखि व्यावसायिकरूपमा च्याउ खेती गर्दै आएका कुँवरले तीन वर्षयता च्याउ खेतीबाट मात्रै वार्षिक ८ लाख […]

व्यावसायिक च्याउ खेतीले लखपति

स्याङ्जा । च्याउ बिक्रीबाट वालिङ नगरपालिका–२ धौखोलाका हरि अर्यालले राम्रो आम्दानी गर्न सफल भएका छन् । झन्डै ९ वर्ष खाडीका मुलुकमा पसिना बगाएका अर्यालले स्वदेश फर्किएसँगै ‘भौभका कृषि फार्म’ मार्फत व्यावसायिक रूपमा च्याउ खेती गरी राम्रो आम्दानी गर्न सफल भएका हुन् ।      तीन वर्षदेखि व्यावसायिक च्याउ खेती थालेका अर्यालले वार्षिक मनग्य आम्दानी गर्दै आएका छन् । युट्युबमा देखेकै भरमा च्याउ खेतीप्रति आकर्षित भएपछि अर्यालले पहिलो वर्ष २५० मुढा सीताके च्याउ र २५० पोका कन्य जातको च्याउ खेतीबाट व्यवसाय थालेका हुन् । च्याउको सम्भावना र माग राम्रो देखेपछि दोस्रो वर्षमा २ हजार मुढामा सीताके च्याउ र ५ सय वटा पोका कन्य जातको च्याउ लगाएको उनले बताए । ‘६ जनाको परिवारको अहिलेको मुख्य आम्दानीको स्रोत भनेकै च्याउ खेती हो’, उनले भने, ‘हाल दुई ठाउँमा रहेको फार्ममा झन्डै १० हजार मुढामा सीताके च्याउ छ ।’ व्यावसायिक च्याउ खेतीको विकास र विस्तारका लागि आवश्यक मेसिन, उपकरण खरिद, च्याउ घर निर्माण, मुढा खरिद गर्दा झन्डै ९० लाख लगानी भएको उनी बताउँछन् ।      अर्यालले हालसम्म च्याउ बिक्रीबाट ४० लाख आम्दानी गरेका छन् । सुरुका वर्षमा लगानी धेरै भए पनि अब केही वर्ष लगानी नगरी आम्दानी लिन सकिने अर्यालको भनाइ छ । सुरुका २/३ वर्ष निकै संघर्ष गर्नुपरे पनि पछि सहज भएको छ । उनले सीताके च्याउ प्रतिकेजी  ५०० र कन्य च्याउ प्रतिकेजी २५० रुपैयाँमा बिक्री गर्दै आएका छन् । ‘उत्पादन गर्न झ्याउ मान्नुभएन, उत्पादन जति गरे पनि बजारको कुनै समस्या छैन’,  उनले भने, ‘यहाँ उत्पादन भएको च्याउ काठमाडौं, पोखरासहितका स्थानीय बजारमा खपत हुँदै आएको छ ।’  रासस

च्याउ खेतीमा छथर जोरपाटीका युवाको आकर्षण बढ्दै

असार २९, धनकुटा । धनकुटाको छथर जोरपाटी गाँउपालिका–६ का चुईन्द्र बस्नेत रोजगारीका लागि मलेसिया र कतार लगायतका देशमा भौतारिँदै पुगे । तर, ती देश जाँदा काम गर्न नसकेपछि उनी उनी दुई ओटै देशमा ६ महीनाभन्दा बढी बस्न सकेनन् ।  मलेसियामा पुग्नेबित्तिकै बिरामी काम गर्न नसकेर फर्केको त्यसपछि कतार गएको ६ महीनामा फर्कनु परेको उनी बताउँछन् । बस्नेतले विदेश जाँदा लागेको खर्च समेत विदेशमा कमाएर तिर्न सकेनन् । विदेशमा ६ महीना काम गर्दा २० हजार पनि कमाउन नसकेको बस्नेत बताउँछन् । बस्नेतले विदेश जाँदा लागेको ऋण नेपालमै कमाएर तिरेको बताउँछन् । त्यसपछि उनी स्वदेश फर्किएर च्याउखेतीमा लागेका छन् ।  विदेश जाँदा लाग्ने खर्च, श्रम र मेहेनतले गाउँमै राम्रो आम्दानी लिन सकिने पाठ बस्नेतलाई च्याउखेतीले सिकाएको छ । ६ ओटा ठूला टनेल बनाएर बस्नेतले च्याउखेती गर्दै आएका छन् । विष्णु एग्रोफर्म दर्ता गरेर च्याउखेत शुरु गरेका उनको दैनिकी अचेल च्याउ उत्पादन र रेखदेमै बित्ने गरेको छ ।  २ वर्ष अघिबाट शुरु गरेको च्याउ खेतिमा ५ लाखबाट लगानी शुरु गरेका बस्नेतले हाल ३० लाखको लगानी पुगेको बताउँछन् । गत वर्षबाट कोरोनाका कारणले शुरु भएको लकडाउनले उनको च्याउ खेतीमा केही असर भएपनि हाल दैनिक ३०० केजी उत्पादन गर्दै आएको बताउँछन् । विदेशमा १६ घण्टा खट्दा १० हजार बचाउन गाह्रो भएको बताउने बस्नेतले अहिले स्वदेशमै गरेको आम्दानीमा निकै उत्साहित देखिन्छन् ।  च्याउ उत्पादन भएपछि बजारको समस्या नभएको उनको भनाइ छ । उनले उत्पादन गरेको च्याउ धनकुटा र तेह्रथुम जिल्लामा विक्री भइरहेको छ । च्याउको माग तराईका जिल्लाबाट भइरहेको भएपनि पुयाउन नसकिएको उनको भनाइ छ । उनले च्याउ प्रति केजी खुद्रामा २०० रुपैयाँ र होलसेल १५० रुपैयाँमा विक्री भइरहेको बस्नेतको भनाइ छ । यो पटकको उत्पादनमा लगानी भएको ३० लाख खर्च कटाएर ६ लाख आम्दानी हुने अनुमान बस्नेतले बताए । उनले युवा लक्ष्यित च्याउ खेती कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र धनकुटाबाट १ लाख रुपैयाँ अनुदान पाएको बताए । गाउँमै शुरु गरेको फर्ममा १० जना युवाहरूले रोजगारीसमेत पाएका छन् ।  गाउँमै रोजगारी पाएपछि परिवार धान्न र घरखर्च चलाउन सहज भएको स्थानीय भगिरथ बस्नेतको भनाइ छ । उनले रोजगारीमा खोजिमा भौतारिनु परेको अवस्था अहिले गाउँमा च्याउ फार्म सञ्चालन भएपछि रोजगारको समस्या नभएको बताए । घरनजिकै व्यवसाय शुरु गर्दा घरपरिवारका सदस्यले समेत सघाउने गरेका छन् । कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले च्याउखेतीमा गाउँका अन्य किसानहरूको पनि आकर्षण बढ्दै गएको चुइन्द्रकी श्रीमति टीका बस्नेतको भनाइ छ । घरैको काम गरेर व्यवसाय धानिरहेको टीकाको भनाइ छ ।  स्वदेशमै व्यवसाय गर्दा पुरुष विदेश जाने र महिला एक्लै बस्नुपर्ने अवस्था अन्त्य भएको उनले बताइन् । ‘श्रीमान श्रीमतिसँगै बसेर व्यवसाय गर्न पाउँदा सामाजिक काम पनि गर्न पाएका छौं, निकै आनन्दित महशुुस भएको छ ।’ उनले भनिन् ‘अरुको देशमा दुःख गर्नुभन्दा स्वदेशमै दुःख गर्दा भिन्दै आनन्द आउने रहेछ ।’ चुईन्द्रको च्याउखेती देखेर यहाँका बेरोजगार युवाहरूले समेत सामूहिक च्याउखेती गर्न थालेका छन् । उपयुक्त प्रविधि र सहुलियत ऋण उपलब्ध गराए कृषकहरूले खेतीलाई अझ विस्तार गर्ने सोच बनाएको उनीहरुले बताए ।

च्याउ खेती : लगानी चालीस हजार आम्दानी चार लाख

थोरै लगानीमा च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि कैलालीको घोडाघोडी नगरपालिकाअन्तर्गत साँडेपानीका जगत साउदले च्याउको व्यावसायिक खेती गर्न थाल्नुभएको छ ।

च्याउखेतीमा १० हजार लगानीबाट १२ लाख आम्दानी

गुल्मीमा १० हजार लगानीबाट च्याउ खेती सुरु गरेका एक कृषकले अहिले मासिक १ लाख आम्दानी गर्दै आएका छन् । गुल्मीको रेसुँगा नगरपालिका १ तम्घास बसपार्कमा बसोवास गर्दै आएका व्यवसायी भेकराज पाण्डेले मासिक १ लाखका दरले वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका हुन् ।

साइकलमा डुलाएर च्याउ बेच्ने केसी मासिक १ लाख कमाउँछन्

चितवन : चितवनको कालिका नगरपालिका- ३ पदमपुरका बाबुराम केसी च्याउ खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। एउटा सानो झुप्रोबाट २०५६ सालमा च्याउ खेती सुरु गरेका केसी अहिले छ कट्ठा जमिनमा च्याउ फलाउँछन्। पहिले साइकलमा च्याउ बेच्न बजार लान्थे,अहिले गाडीमा हिँड्छन् उनी। च्याउ बेचेर  जग्गासमेत...

तीन हजार लगानीले ६० लाख पुर्यायो

२०४६ सालको कुरा हो । पनौती–१०, खोपासीका कृष्णदास उलकले तीन हजार रुपैयाँको लगानीमा एक सयवटा बल (कन्ये जातको च्याउ खेती गरिने परालको पोका) मा च्याउ खेती गरे । त्यसबाट ३० हजार रुपैयाँ आम्दानी लिन उनी सफल भए ।