रामेछाप : जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन्।अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए। रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उनले बताए। सबै खर्च कटाएर वार्षिक आम्दानी रू १८ लाखसम्म हुने गरेको उनले जानकारी दिए। आचार्यले मेवाखेतीभित्र कागतीसँगै
गलेश्वर- दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्छन् । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गरिरहेका छन् । कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन् । […]
पर्वत, पुस २४ । घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनले देखाएका छन् । विगत दुई […]
पर्वत : घर वरिपरि मौरीका घारैघार। घरअघि ठूलो सुन्तलाको बगैँचा छ।बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो।परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उहाँले देखाउनुभएको छ। विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाखसम्म आम्दानी गर्दै आएका छन्। उनको घरमा अहिले एक सयभन्दा बढी मौरीका
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट रु छ करोड १५ लाख आम्दानी भएको नवलपुरस्थित […]
झापा : कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन्। उनी च्याउ बेचेरै वार्षिक छ लाख रुपैयाँ मुनाफा आर्जन गर्छन्।११ वर्षअघि आफूसँग भएको पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको २५ हजार रूपैयाँ लगानी गरेर बनाएको एउटा टहराबाट उनले च्याउखेती सुरु गरेका थिए।एउटा टहरामा ४५० पोका च्याउले आम्दानी दिन सुरु गरेसँगै उनमाउत्साह बढ्यो। थप डेढ बिघा जमिन भाडामा लिएर १० वटा टहरामा व्यावसायिक खेती गरे। अहिले उनले १० टहरामा सात हजार पोका च्याउको व्यावसायिक ख
बागलुङ : बहुआयामिक कृषकको रुपमा परिचय बनाउँदै आएका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर १० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गरेका छन्।२०७३ सालबाट व्यवसायिक कृषि सुरु गरेका आचार्यले २०७७ सालमा नर्सरी सुरु गरेका थिए। अघिल्लो वर्ष ५ हजार अलैँचीका बिरुवा बेचेर २५ हजार आम्दानी गरेका आचार्यले यस वर्ष सुन्तलाका बिरुवा बेचेर ४ लाख २० हजार आम्दानी गरे।उनले यस वर्ष बेच्न मिल्ने गरी १५ हजार सुन्तलाका बिरुवा तयार गरेका थिए। जैमिनी नगरपालिकामा स्थानीय प्रजातिका सुन्तला १५ हजार बि
१७ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो एक महिना (२ जुन–३० जुन )मा भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) बजारमा प्रतिस्पर्धी दरमा बिजुली बेचेर १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठदेखि आईईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको […]
म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनी टोलका कृषकले सुन्तला बेचेर २१ लाख आम्दानी गरेका छन् ।२० घरधुरीको बसोबास रहेको दुई वटा बस्तीको मुख्य आयस्रोत सुन्तला खेती बनेको छ । भेडाबारीका अगुवा कृषक ओम गिरीले यस वर्ष २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम सुन्तला बिक्री भएको जानकारी दिए ।बगैंचामा आएर सुन्तला खरिद गरेर पोखराका व्यापारीले […]
सर्लाहीका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् ।
वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका हुन् ।
पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उनले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिए ।
तीन वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका उनले गत वर्षदेखि बीउ उत्पादन गर्न शुरु गरेका हुन् । दुई सय ५० ग्रामको दैनिक एक हजार प्याकेट बीउ उ...