तेस्रो डि.ए.भी.प्लस टु इन्टर कलेज ट ए साइड फुट्सल प्रतियोगिता सम्पन्न

न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं उपत्यकामा उच्च माध्यमिक फुटसल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । डिएभी सुशील केडिया विश्व भारती उच्चमाध्यमिक विद्यालय, जावलाखेल,ललितपुरद्वारा आयोजित फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्चमाध्यमिक विद्यालयले आयोजक टिम डिएभी रेडलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै दुई लाख रुपियाँको ठुलो धनराशिका साथै ट्रफी, मेडल तथा प्रमाणपत्र […]

सम्बन्धित सामग्री

अन्तर मेडिकल कलेज खेलकुद : कर्णाली प्रतिष्ठान प्रथम

जुम्लामा पहिलो पटक आयोजना गरिएको अन्तर मेडिकल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक कर्णाली प्रतिष्ठान एक लाख रुपियाँ राशीसहितको प्रथम बनेको छ ।

एभरेष्ट इन्जिनियरिङ कलेजको आयोजनामा गणित प्रतियोगिता सम्पन्न

काठमाडौं । एभरेष्ट इन्जिनियरिङ कलेजको आयोजनामा सम्पन्न राष्ट्रव्यापी गणित प्रतियोगितामा ललितपुरमा रहेको ब्ल्यूबर्ड कलेज-ए प्रथम भएको छ । ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा भएको प्रतियोगितामा बुटवलस्थित कान्ति मावि दोस्रो र ब्ल्यू बर्ड कलेज-बी तेस्रो भएको आयोजकले जनाएको छ । पोखरामा रहेको मदरल्यान्ड इंग्लिस बोर्डिङ स्कुल-ए चौथाे भएको छ । प्रतियोगितामा प्रथम हुने ब्ल्यूबर्ड कलेज-ए का […]

धरानमा अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगिता

धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही असार ३ र ४ गते राष्ट्रिय स्तरको अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिता प्रतिष्ठानको वीपीकेआईएचएस विद्यार्थी रक्तदान समिति (BPKIHS Students Blood Donation Committee) ले प्रतिष्ठानको सहयोगमा आयोजना गरेको थियो।सन् २०१८ मा मेडिक्विज नेपालको पहिलो संस्करण र सन् २०१९ मा दोस्रो संस्करण प्रतिष्ठानमै सम्पन्न भएको थियो। कोभिड १९ को महामारीका कारण सन् २०२० र २०२१ मा भने उक्त कार्यक्रमको आयोजन

दुध दिवसको पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएसनले विभिन्न कार्यक्रम सम्पन्न गर्यो

राष्ट्रिय दुग्ध विकास बोर्डको र नेपाल डेरी एशोसिएशनको आयोजनामा ‘दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । दुध दिवसको पूर्वसन्ध्यामा बोर्ड र एशोसिएशनको आयोजनामा मनाल्सु वर्ड कलेज, प्राक्सिस ईन्टरनेशनल एकाडेमी चुच्चेपाटि, चावहिल, र चाँगुनारायणमा कार्यक्रम सम्पन्न गरिएको हो ।एसोसिएशनका अध्यक्ष सापकोटाले एसोसिएशनले गरेका गतिविधि बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताए । कार्यक्रमबारे प्राष्ट पार्दै एसोसिएशनका महासचिव प्

अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  सम्पन्न

प्रभु क्यापिटलले अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  गरेको छ । विश्व वित्तिय सप्ताहअन्तरर्गत प्रभु क्यापिटलले अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  गरेको हो ।प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा  ग्लोबल मनिविक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्न नेपालमा पहिलो पटक अन्तर(कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  गरेको हो । कार्यक्रम नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनिविक २०२२ मा पूँजीबजार तर्फका संयोजक

प्रभु क्यापिटलले आयोजना गरेको अन्तर कलेज वित्तीय क्विजको उपाधि कुसुमलाई

प्रभु क्यापिटल लिमिटेडले नेपालमै पहिलो पटक अन्तर कलेज वित्तीय क्विज प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल धितोपत्र बोर्डको समन्वयमा सञ्चालन भइराखेको ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले प्रतियोगिता आयोजना गरेको हो । क्यापिटलले काठमाण्डौ उपत्यकाभित्रका १५ वटा विजनेश कलेजहरुमा अध्ययनरत बिबिए तथा एमबिए तहका विद्यार्थीहरुलाई सहभागी गराएर यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा कूल १२५ अंक सहित काठमाण्डौ युनिभर्सिटि स्कुल अफ म्यानेजमेन्ट (कुसुम) प्रथम भएको थियो भने ८५ अंक सहित साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (साइम) कलेज दोश्रो तथा तेश्रोमा ७५ अंक सहित एपेक्स कलेज र युनिग्लोब कलेजबीच टाई भएकोमा थप प्रश्नको सहि उत्तर दिएर एपेक्स कलेज तेश्रो भएको थियो । प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. २० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट गरिएको छ भने दोश्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. १० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिएको छ । त्यसैगरी तेश्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. ५ हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिएको छ । यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिएको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनि विक २०२२ मा पूँजीबजार तर्फका संयोजक डा. नवराज अधिकारी , नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रवक्ता मुराहरी पराजुली लगायतको उपस्थिति रहेको क्यापिटलले जनाएको छ ।

पाटा नेपाल च्याप्टरद्वारा ‘पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता’ सम्पन्न

ग्लोबल कलेज इन्टरनेशनलको सहकार्यमा प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले राजधानीमा ‘एक्सप्लोरिङ द अथेन्टिक डेलिकेसिज अफ नेपाल’ शीर्षक अन्तर्गत ‘पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता’ सम्पन्न गरेको छ । १८ डिसेम्बर २०२१  का दिन काठमाण्डौको मध्य–बानेश्वर स्थित ग्लोबल कलेज इन्टरनेशनलमा उक्त प्रतियोगिता सम्पन्न गरेको हो । यो पाटा युवा पर्यटन प्रोफेसनल सेफ प्रतियोगिता ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण अन्तर्गत आयोजित एक क

शहिद दिवसको दिन पुरस्कार वितरण सम्पन्न

हिमाल जि.सी., काठमाडौँ । कोरोना महामारीको सन्त्रासका बीच हरेक वर्षजस्तै यस वर्ष पनि ट्रिनिटी इन्टरनेशनल कलेजले “अधिराज्यव्यापी इन्टर कलेज कविता प्रतियोगिता” सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा उपत्यकाबाट १७ वटा र उपत्यका बाहिर झापा, पोखरा, वुटवल, चितवनका गरी ६ वटा कलेजको सहभागिता रहेको थियो । जुम प्रविधिबाट गत पुस २५ गते सम्पन्न प्रतियोगितामा अङ्गेजी कवितातर्फ […]