प्रभु क्यापिटलले आयोजना गरेको अन्तर कलेज वित्तीय क्विजको उपाधि कुसुमलाई

प्रभु क्यापिटल लिमिटेडले नेपालमै पहिलो पटक अन्तर कलेज वित्तीय क्विज प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल धितोपत्र बोर्डको समन्वयमा सञ्चालन भइराखेको ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले प्रतियोगिता आयोजना गरेको हो । क्यापिटलले काठमाण्डौ उपत्यकाभित्रका १५ वटा विजनेश कलेजहरुमा अध्ययनरत बिबिए तथा एमबिए तहका विद्यार्थीहरुलाई सहभागी गराएर यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा कूल १२५ अंक सहित काठमाण्डौ युनिभर्सिटि स्कुल अफ म्यानेजमेन्ट (कुसुम) प्रथम भएको थियो भने ८५ अंक सहित साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (साइम) कलेज दोश्रो तथा तेश्रोमा ७५ अंक सहित एपेक्स कलेज र युनिग्लोब कलेजबीच टाई भएकोमा थप प्रश्नको सहि उत्तर दिएर एपेक्स कलेज तेश्रो भएको थियो । प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. २० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट गरिएको छ भने दोश्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. १० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिएको छ । त्यसैगरी तेश्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई रु. ५ हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिएको छ । यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिएको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनि विक २०२२ मा पूँजीबजार तर्फका संयोजक डा. नवराज अधिकारी , नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रवक्ता मुराहरी पराजुली लगायतको उपस्थिति रहेको क्यापिटलले जनाएको छ । 

सम्बन्धित सामग्री

‘अन्तर’ को अन्तरकुन्तर

यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषयमा लेखिएको उपन्यास हो, रमेश सायनको ‘अन्तर’ । उपन्यास त्यतिमा सीमित भने छैन । उपन्यासको मुलकथासँगै समाजको भोगाइ, सोचाइ पनि समेटिएको छ । जस्तो कि : क. केही अगाडिको समाज: समयले छोटो समयमा लामो फड्को मार्‍यो । केही अगाडिसम्म मात्रै पनि नेपाली समाज अलग चरित्रको थियो । दिनचर्या अलग हुन्थ्यो । मान्छेको […]

प्रत्येक वर्ष अन्तर प्रदेश खेलकुद हुने

२१ भदौ, काठमाडौं । प्रत्येक वर्ष अन्तर प्रदेश खेलकुद हुने भएको छ । प्रदेश खेलकुद विकास समितिका सदस्य सचिवहरुको हेटौंडामा बसेको बैठकले प्रत्येक वर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको हो । यस्तो प्रतियोगिता प्रदेशहरुले आलोपालो रुपमा आयोजना गर्ने बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिएका हुन् । प्रथम अन्तर […]

मकवानपुरगढीले अन्तर जेसीज फुट्सल आयोजना गर्ने

मकवानपुरमा रहेको मकवानपुरगढी जेसीज (प्रस्तावित) ले अन्तर जेसीज फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ।...

मकवानपुरगढीले अन्तर जेसीज फुट्सल आयोजना गर्ने

मकवानपुरमा रहेको मकवानपुरगढी जेसीज (प्रस्तावित) ले अन्तर जेसीज फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ।...

विद्यार्थी अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण हुन नपाउने त्रिविको निर्णय

त्रिभुवन विश्वविद्यालयले परीक्षा र स्थानान्तरणमा ब्यवस्थापन गर्ने भन्दै विद्यार्थीलाई अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने निर्णय गरेको छ।...

विद्यार्थी अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण हुन नपाउने त्रिविको निर्णय

त्रिभुवन विश्वविद्यालयले परीक्षा र स्थानान्तरणमा ब्यवस्थापन गर्ने भन्दै विद्यार्थीलाई अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने निर्णय गरेको छ।...

भतरपुरमा मत अन्तर घटाउँदै सुवेदी

चितवनको भरतपुर महानगरपालिकामा बिजय सुवेदीले मत अन्तर घटाउँदै लगेका छन्। भरतपुर महानगरको वडा नम्बर २ को मतगणना सुरु भएपछि सुवेदीले मत अन्तर घटाउँदै लगेका हुन्।...

अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  सम्पन्न

प्रभु क्यापिटलले अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  गरेको छ । विश्व वित्तिय सप्ताहअन्तरर्गत प्रभु क्यापिटलले अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  गरेको हो ।प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा  ग्लोबल मनिविक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्न नेपालमा पहिलो पटक अन्तर(कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  गरेको हो । कार्यक्रम नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनिविक २०२२ मा पूँजीबजार तर्फका संयोजक

अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने

भक्तपुरमा पुस ७ गते बुधबारदेखि दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिता हुने भएको छ।...

अन्तर बैंक एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

बैंकहरूले अन्तर बैंक एटिएम प्रयोग गर्दा शुल्क  लिन थालेका छन् । कोरोना असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकले नै निःशुल्क गरेका थिए