धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही असार ३ र ४ गते राष्ट्रिय स्तरको अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिता प्रतिष्ठानको वीपीकेआईएचएस विद्यार्थी रक्तदान समिति (BPKIHS Students Blood Donation Committee) ले प्रतिष्ठानको सहयोगमा आयोजना गरेको थियो।सन् २०१८ मा मेडिक्विज नेपालको पहिलो संस्करण र सन् २०१९ मा दोस्रो संस्करण प्रतिष्ठानमै सम्पन्न भएको थियो। कोभिड १९ को महामारीका कारण सन् २०२० र २०२१ मा भने उक्त कार्यक्रमको आयोजन