काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद्मा अवरोध नगरी प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्नुपर्ने बताएका छन् । नेकपा (एमाले)को अवरोधका बीच चलेको संसद् बैठक सकिएपछि पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले लामो समयसम्म संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि भएको बताए । ‘जनप्रतिनिधिमूलक संस्था भनेको जनताको सार्वभौमिक सत्ता अभ्यास […]