बाँके। मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनः स्थापना गृह बाँकेले आर्थिक वर्ष २०८१/८२ मा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ। नेपालगन्जमा सोमबार आयोजित ‘गत आवमा सम्पन्न कार्यक्रमको वार्षिक सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत’ कार्यक्रममा बाँके जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले यीमध्ये छ जनाको भारतबाट उद्धार गरिएको जानकारी दिइन् । उनका अनुसार उद्धार गरिएकामध्ये […]
ललितपुर- जावलाखेलस्थित चिडियाखाना नजिकैको स्विजरल्याण्ड दूतावासभित्र देखिएको चितुवालाई प्रहरी तथा वन कर्मचारीले उद्धार गरेका छन् । मंगलबार दूतावास परिसरमा फेला परेको चितुवाको उद्धार कार्यमा नेपाल प्रहरी जावलाखेल र सातदोबाटो, वन डिभिजन कार्यालय ललितपुर र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले उद्धार गरेका हुन् । दूतावास परिसरमा बसेको चितुवालाई डार्टमार्फत् बेहोस बनाएपछि समातेर चिडियाखानामै लगिएको छ ।
काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया केही दिन मात्र बाँकी रहँदा देशभरका निर्वाचन कार्यालयहरूमा सर्वसाधारणको उत्साहजनक सहभागिता बढेको छ । सोहीअनुरूप प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पनि दर्ता गराउन आउनेको भीड दिनप्रतिदिन बढ्दै गएको छ । कार्यालयको काम बिहान १० बजेदेखि हुने भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू […]
काठमाडौं– ‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ । यसैगरी ५८ हजार बढी स्वास्थ्य अभिलेख विन्दुहरू सुरक्षित रूपमा ‘डिजिटलाइज’ गरेको छ । विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा चुनौती देखिएपछि सो संस्थाले प्रविधिमा आधारित विद्यार्थी स्वास्थ्य ‘रेकर्डिङ’ प्रणाली विकास गरेको हो । […]
RajdhaniDaily.com | काठमाडौं । एनसेलले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) एवं एनपीएल दोस्रो संस्करणमा पनि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो ‘पावर्ड बाई’को -