भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारविरुद्ध आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने माग गर्दै उक्त प्रदर्शन गरिएको हो । नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचार विरोधी विभिन्न साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने माग गर्दै काठमाडौँको नक्सालमा प्रदर्शन […]

सम्बन्धित सामग्री

दलितको घर भत्काउनेलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – बझाङको बित्थडचिर गाउँपालिकामा दलितमाथि अमानवीय व्यवहार गर्नेलाई कडा कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बित्थडचिरमा बनाउँदै गरेको घर भत्काएर दलितमाथि अमानवीय विभेद भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार बालुवाटारमा प्रदर्शन गरेको हो। बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाउँदै गरेको घर गाउँलेले भत्काइदिएका थिए। आफूहरुको बस्तीनजिक […]

बलात्कार आरोपीलाई कारबाहीको माग गर्दै प्रदर्शन

टीकापुर नगरपालिका–५ नुक्लीपुरकी नौ वर्षीय बालिकालाई बलात्कार गर्ने स्थानीय प्रेम शाहीलाई कानुनी कारबाहीको माग गर्दै बालिकाका आफन्तले विरोध प्रदर्शन गरेका छन्।...

बाजुरा विवाद : दोषीलाई कारबाहीको माग गर्दै छैटाैं दिन पनि प्रदर्शन

विद्यार्थी नेता चेतन अयडीको हत्यमा संलग्नलाई कारबाहीको माग राख्दै बाजुरा सदरमुकाम मार्तडीलगायत विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ। हत्यारा पत्ता नलगाएसम्म शव नबुझ्ने भन्दै उनका आफन्तलगायतले आज छैटाैं दिन पनि...

मिटरब्याजीलाई कारबाहीको माग गर्दै गोलबजारमा प्रदर्शन

मिटरब्याज पीडितहरुले सिरहाको गोलबजारमा मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । गोलबजारस्थित भूमिजा अस्पताल नजिकबाट आइतबार अपरान्ह ‘जफत गरिएको सम्पत्ति फिर्ता गर्’, ‘मिटरब्याजीको सम्पत्ति छानबिन गर्’, ‘मिटरब्याजी पीडितलाई न्याय...

मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन

सिराहाको लहान नगरपालिका ७ का मिटर ब्याजी रामबाबु महतोविरुद्ध कारबाहीको माग गर्दै कब्जा गरेको घरजग्गा फिर्ताको मागसहित लहानस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन भएको छ । ‘मिटरब्याजी रामबाबु महतोलाई कारबाही गर, कब्जा गरेको घर जग्गा फिर्ता गर, निमुखा गरिबको घरजग्गा कब्जा गर्न पाइँदैन’ लगायतको नारा लगाउँदै पीडित श्याम विश्वकर्मा र उनका आफन्तहरुले  एक घण्टा प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि प्रहरीले मिटरब्याजी भनिएका महतोले अदालतबाट निषेधाज्ञाको आदेश ग

शाहको हत्यारालाई कारबाहीको माग गर्दै खलङ्गामा प्रदर्शन

जाजरकोट – हत्यारालाई कारबाहीको माग गर्दै जाजरकोटमा विरोध प्रदर्शन गरिएको छ । भेरी नगरपालिका-३ स्यालाका १८ वर्षीय प्रकाशजंग शाहको कुटपिटपछि हत्या गरिएको भन्दै दोषीलाई कारबाहीको माग गरी स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । हत्यारालाई कारबाही गर र समाजमा शान्ति सुरक्षा कायम गर भन्दै मंगलबार खलंगा बजार बन्द गरी बजार परिक्रमा गदै जिल्ला प्रशासन कार्यालयमा समेत पुगेर […]

प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकको प्रदर्शन

जनकपुरधाम : धनुषामा एक प्रधानाध्यापकमाथि भएको दुर्व्यवहारको विरोधमा जिल्लाभरका शिक्षकहरू आन्दोलनमा उत्रेका छन्।प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै शिक्षकहरूले आज जनकपुरधाममा विरोध प्रदर्शन समेत गरेका छन्। धनुषाका शिक्षकहरूले सोमबार विद्यालय बन्द गरेर सुरक्षाको माग तथा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विरोध जुलुस प्रदर्शन गरेका हुन्।जनकपुरधामको रेल्वे स्टेशनबाट सुरु भएको शिक्षकहरूको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। ‘शान्ति सुरक्षा कायम गर, शिक

भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं)को प्रदर्शन

टेकराज भुसाल, बुटवल । बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियु (छैठौं) ले आज बुटवलमा प्रदर्शन गरेको छ । बुटवल कालिकानगर स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट सुरु भएको विरोध जुलुस राजमार्ग चौराहा हुँदै मिलनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनपछि आयोजित कोण सभामा बोल्दै अखिल (छैठौं) रुपन्देही अध्यक्ष सरोजमान सिंह, सचिव सागर वेलवासे र जिल्ला सदस्य टेकराज भुसाल लगायतले भागरथी भट्टको बलात्कारपछि भएकोले हत्यामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो । निर्मला पन्त लगायत बलात्कार र हत्याका घटनाका अभियुक्तलाई कारबाहीको दायरामा नल्याउदा बलात्कार र हत्याका घटना बढेको भन्दै उहाँहरुले अपराधीहरुलाई कानूनी दायरामा ल्याउने कार्यमा सरकार उदासीन देखिनु आपत्तिजनक रहेको बताउनु भयो । अपराधीलाई कारबाहीको दायरामा नल्याउने षडयन्त्र हुनसक्ने भन्दै तत्काल दोषि पत्ता लगाई कारबाही गर्न गर्नुभयो । भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अखिल (छैठौं) ले राजधानी काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा संगठनका केन्द्रीय अध्यक्ष, सचिव लगायतका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै उहाँहरुले अपराधीलाई कारबाहीको माग गर्दा प्रहरी प्रशासनले धरपकड गर्नु थप आपत्तिजनक भएको बताउनु भयो । प्रदर्शनमा निर्मला पन्त र भागरथी भट्टका बलत्कारी र हत्यारालाई कार्बाही गर, सम्पूर्ण बालिकाहरुको सुरक्षा गर, सरकारी उदासिनता मुर्दावाद जस्ता नारा लगाएका थिए ।

बझाङमा युवक हत्या प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै कांग्रेसको प्रदर्शन

छबिसपाथीभेरा घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेस बझाङले जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरेको छ । बुधबार नेविसंघ र तरुण दलले सदरमुकाम चैनपुरमा आफ्ना कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गर्नुका साथै सदरमुकाम चैनपुर बजार बन्द गरेको छ