एकै दिन ११ स्वास्थ्य सेवा केन्द्रको शिलान्यास - Purbeli News

कावासोती / नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो । वडा नं २, ४, ५, ७, ८, ९, ११,...

सम्बन्धित सामग्री

स्थानीय तहमा अस्पताल : हतारमा शिलान्यास, दुई वर्षमा एउटै पनि बनेन

काठमाडौं : जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा नै पुर्‍याउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७७ मंसिर १५ गते एकै दिन सबै प्रदेशका स्थानीय तहमा ३९६ अस्पतालको शिलान्यास गर्‍यो।आधारभूत अस्पताल नभएका ७५३ मध्ये ६५५ स्थानीय तहमध्ये पहिलो चरणमा ३९६ वटा स्थानीय तहमा अस्पताल बनाउने भन्दै एकै पटक तामझामका साथ शिलान्यास गरिएको थियो। तर यसरी शिलान्यास गरिएका अस्पतालको निर्माण अझै भएको छैन।शिलान्यास गरिएकै समयमा पूर्वतयारी नगरी शिलान्यास गरिएको भन्ने आलोचना भए

रास्कोटमा १५ श्यया अस्पताल बन्दै

काठमाडौँ,२४ असार । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा १५ श्ययाको अस्पताल निर्माण हुने भएको छ । नगरवासीलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि रास्कोटमा १५ श्ययाको नगर अस्पताल निर्माण हुन लागेको हो । नगर प्रमुख धर्मराज शाहीले अस्पाताल शिलान्यास गर्दै आगामी दिनमा नगरपालिकाका कुनै पनि नागरिकले स्वास्थ्य सेवा लिन अन्य ठाउँमा जानु नपर्ने गरी गुणस्तरीय स्वास्थ्य […]

साझा स्वास्थ्य सेवा भवनको मुख्यमन्त्री भट्टद्वारा शिलान्यास

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा साझा स्वास्थ्य सेवा भवनको शिलान्यास गरेका छन्। सो अवसरमा उनले काममा ढिलासुस्ती, गुणस्तरहीन कार्य स्वीकार्य नहुने भन्दै सम्झौता बमोजिम निर्धारित समयमा काम गर्न निर्देशन दिए।

कर्णाली प्रतिष्ठान गरिबीको दुष्चक्र तोड्ने गतिलो उदाहरणः राष्ट्रपति

आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ तथा एकेडेमिक भवनको शिलान्यास कार्यक्रममा उनले प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बाटोमा प...

देशभर आधारभूत अस्पताल शिलान्यास : एक वर्ष बित्दा पनि अवस्था ज्यूँका त्यू

धनकुटा : अघिल्लो सरकारले अस्पताल शिलान्यास गरेको एक वर्ष पुगे पनि काम अघि बढ्न सकेको छैन।केपी ओलीको सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले एकैसाथ अस्पतालको शिलान्यास गरेको थियो।ती अस्पताल संघीय सरकार र स्थानीय सरकारले बनाउने गरी एक वर्षअघि प्रदेश १ मा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पतालको एकसाथ शिलान्यास गरिएको थियो।प्रदेश १ को झापामा १२, पाँचथर, इलाम, संखुवासभा र ओखलढुंगामा ७/७, भोजपुर र खोटाङमा ६/६, तेह्रथुम, सोलखुम्बु र सुनसरीमा ५/५, धनकुटामा ४ र मोरङमा १० ओटा

कविलास स्वास्थ्य चौकी र डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको शिलान्यास

भदौ १३, चितवन । चितवनको विकट ठाउँ मानिने भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित कविलासमा स्वास्थ्य चौकी र डालेटार स्वास्थ्य केन्द्रको भवनको शिलान्यास भएको छ ।  त्यहाँ रहेका स्थानीयलाई स्वास्थ्यको पहुँच पुयाउन उक्त ठाउँमा स्वास्थ्य भवन निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् ।  शिलान्यासपछि बोल्दै कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद  स्वास्थ्य केन्द्रको भवन लामो प्रयास पछी शिलान्यास गर्न सफल भएको भन्दै उनले तोकिएको समयमा गुणस्तरिय निर्माण सम्पन्न गर्न आग्रह गरिन् ।  दाहालले भरतपुरको कविलास भरतपुरको हिल स्टेशनको रूपमा परिचय बनाउँदै गएको भन्दै यस्ता स्थानहरुलाई बहुआयामिक रुपमा उपयोग गर्न सकिने बताइन् । ‘एक वडा, एक स्वास्थ केन्द्र’ निर्माण तथा सञ्चालन गर्दै आएको बताउँदै उनले आवश्यकताका आधारमा यसको संख्या थपिदै जाने बताइन् । उनले यस क्षेत्रका बाटोघाटो निर्माण, शुद्ध पिउनेपानी, सिँचाईका साथै शिक्षा स्वास्थ्य, कृषि र पर्यटन लगायतका विकासका कामहरुलाई प्राथमिकतामा राखेको उनकोे भनाइ छ  ।  विकासमा कोही कसैले राजनिति र आग्रह पूर्वाग्रह राख्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने उल्लेख गरिन् । शिलान्यास कार्यक्रममा उप प्रमुख पार्वती शाह ठकुरीले निर्माणाधीन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरिय ढंगले निर्माण कार्य अगाढी बढाउन आग्रह गरिन् ।  भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भोजराज खतिवडाले  नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने विश्वास व्यक्त गरे ६९ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको कबिलास स्वास्थ्य केन्द्र ४ कोठाको हुनेछ भने पुस मसान्तभित्र निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा लक्ष्य लिइएको छ ।

तामझामसहित शिलान्यास भए तर ठेक्का सम्झौतामै अड्किए

काठमाडौं : सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा पुर्‍याउने भन्दै यस यस अघिको सरकारले हरेक स्थानीय तहमा एउटा अस्पताल बनाउने लक्ष्य लिएको थियो। जसअनुसार गत १५ मंसिरमा एकैपटक देशभर ३ सय ९६ वटा अस्पताल निर्माण गर्ने भन्दै शिलान्यास थालेको थियो। महत्वाकांक्षी रुपमा तामझामका साथ शिलान्यास गरिएका ती अस्पतालको निर्माण कार्य अझै बढ्न सकेको छैन। शिलान्यास गरेको ७ महिनाभन्दा बढी समय भइसकेको छ। जम्मा ८२ वटा अस्पतालको मात्र ठेक्का सम्झौता भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास

प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भर्चुअल सिलान्यास गरेसँगै सप्तरीसहित तराईका १० जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनतामा गुणस्तरीय स्वास्थ्य सेवा पाउने भरोसा पलाएको छ।...

अर्थ मन्त्रालयद्वारा स्वास्थ्य केन्द्रका लागि रु एक अर्ब आठ करोड निकासा

काठमाडौं । अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि रु एक अर्ब आठ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिनुभएको हो । स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार दुई हजार ६२६ वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाको काम सम्पन्नताका आधारमा वित्तीय हस्तान्तरणका रुपमा रकम पठाउने गरिन्छ । अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि रु चार अर्ब २० करोड विनियोजन गरिएको र त्यसमध्ये यसअघि रु दुई अर्ब ६९ करोड २८ लाख ५८ हजार निकासा भइसकेको जानकारी दिनुभयो । अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत रु ५७ अर्ब ९७ करोड बराबरको स्रोत सुनिश्चित गरेको थियो । सोहीअनुसार गत मङ्सिर १५ गते ३०८ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।(रासस)

बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माण हुने

शिलान्यास गदै मन्त्री बरालले सामान्य प्रयोगशाला परीक्षणका लागि पनि काठमाडौँ जाने झन्झटबाट बिरामीले अब मुक्ती पाउने बताए। स्वास्थ्य सेवा सर्वसुलभ बनाउन प्रदेश सरकार लागि परेको मन्त्री बरालले बताए।