कविलास स्वास्थ्य चौकी र डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको शिलान्यास

भदौ १३, चितवन । चितवनको विकट ठाउँ मानिने भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित कविलासमा स्वास्थ्य चौकी र डालेटार स्वास्थ्य केन्द्रको भवनको शिलान्यास भएको छ ।  त्यहाँ रहेका स्थानीयलाई स्वास्थ्यको पहुँच पुयाउन उक्त ठाउँमा स्वास्थ्य भवन निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् ।  शिलान्यासपछि बोल्दै कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद  स्वास्थ्य केन्द्रको भवन लामो प्रयास पछी शिलान्यास गर्न सफल भएको भन्दै उनले तोकिएको समयमा गुणस्तरिय निर्माण सम्पन्न गर्न आग्रह गरिन् ।  दाहालले भरतपुरको कविलास भरतपुरको हिल स्टेशनको रूपमा परिचय बनाउँदै गएको भन्दै यस्ता स्थानहरुलाई बहुआयामिक रुपमा उपयोग गर्न सकिने बताइन् । ‘एक वडा, एक स्वास्थ केन्द्र’ निर्माण तथा सञ्चालन गर्दै आएको बताउँदै उनले आवश्यकताका आधारमा यसको संख्या थपिदै जाने बताइन् । उनले यस क्षेत्रका बाटोघाटो निर्माण, शुद्ध पिउनेपानी, सिँचाईका साथै शिक्षा स्वास्थ्य, कृषि र पर्यटन लगायतका विकासका कामहरुलाई प्राथमिकतामा राखेको उनकोे भनाइ छ  ।  विकासमा कोही कसैले राजनिति र आग्रह पूर्वाग्रह राख्न नहुने भन्दै सबैको सामुहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने उल्लेख गरिन् । शिलान्यास कार्यक्रममा उप प्रमुख पार्वती शाह ठकुरीले निर्माणाधीन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरिय ढंगले निर्माण कार्य अगाढी बढाउन आग्रह गरिन् ।  भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भोजराज खतिवडाले  नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने विश्वास व्यक्त गरे ६९ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको कबिलास स्वास्थ्य केन्द्र ४ कोठाको हुनेछ भने पुस मसान्तभित्र निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा लक्ष्य लिइएको छ । 

सम्बन्धित सामग्री

स्वास्थ्य चौकी भवन पहिरोको जोखिममा

बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोकाे उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्य चौकी भवन पहिरोको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिराे जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखम

स्वास्थ्य संस्थाको कार्यसम्पादन मूल्यांकनमा ठेहे स्वास्थ्य चौकी उत्कृष्ट

सिमकोट – सिमकोट गाउँपालिकाभित्रका बाह्र वटा स्वास्थ्य चौकीमध्ये वडा नम्बर २ को ठेहे स्वास्थ्य चौकी ०७८/७९ मा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट ठहरिएको छ। कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा बढी अंक ल्याएर हेठे स्वास्थ्य चौकी उत्कृष्ट ठहरिएको हो। स्वास्थ्य शाखाका संयोजक नर भण्डारीले गाउँपालिकाका आठ वटै वडामा स्थापना भई सेवा प्रभाव गर्दै आएको १२ वटा स्वास्थ्य संस्थामध्ये ठेहे स्वास्थ्य […]

स्वास्थ्य चौकी काँक्रीद्वारा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

रुकुम (पूर्व) : स्वास्थ्य संस्था देखि टाढा रहेको गाउँ बासीका निम्ति रुकुम पूर्व भूमे गाउँपालिका–२ मा रहेको स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।स्वास्थ्य संस्था सम्म आउन दूरीका हिसाबले टाढा रहेको गाउँमा स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो।स्वास्थ्य चौकी काँक्रीको कार्यक्षेत्रमा पर्ने तर, काँक्री देखि टाढा रहेका गाउँ बासीका लागि घुम्ती स्वास्थ्य शिविर मार्फत सेवा दिने गरेको छ।स्वास्थ्य चौकी काँक्

स्वास्थ्यकर्मीलाई कोरोना हुँदा स्वास्थ्य चौकी सिल

जुम्ला : कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सिल गरिएको छ।अहेब र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो। स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार शुक्रबारदेखि फागुन २ गतेसम्म स्वास्थ्य चौकी बन्द गरिएको हो।उनले भने, ‘बर्थिङ सेन्टरबाहेक अरू सबै सेवा बन्द गरिएको छ।’ कोरोना संक्रमणको तेस्रो लहरमा यो पालिकामा २५ जनालाई परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ। यसमध्ये तीन जना मात्रै सक्रिय संक्रमित रहेको इन्चार्ज उपाध्यायले बताए

लिमी स्वास्थ्य चौकी दुई महिनादेखि बन्द, औषधोपचारको लागि गुम्बाको भर

सिमकोट – हुम्लाको हिमालपारिको गाउँ लिमीस्थित स्वास्थ्य चौकी दुई महिनादेखि बन्द छ। सदरमुकाम सिमकोट आएका स्वास्थ्यकर्मी नफर्किंदा स्वास्थ्य चौकी बन्द हुँदै आएको हो। स्वास्थ्य चौकीको कामले सदरमुकाम आएका स्वास्थ्यकर्मी हिमपातले लिमी फर्कन पाएका छैनन्। जसले गर्दा स्थानीय स्वास्थ्योपचारबाट दुई महिनादेखि बञ्चित हुँदै आएका छन्। नाम्खा गाउँपालिका– ६ लिमीको हल्जी गाउँका स्थानीय फुर्बा तामाङले स्वास्थ्य चौकी […]

हुम्लाको लिमीमा सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी

सिमकोट– हुम्लाको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीमा सुविधा सम्पन्न प्रसूति गृहसहितको स्वास्थ्य चौकी भवन निर्माण भएर सञ्चालनमा आएको छ। स्वास्थ्य चौकी सञ्चालनमा आएपछि लिमीका तीन गाउँका स्थानीयलाई उपचारमा सहज हुन भएको छ। लिमीका स्थानीय पेमा तामाङले नयाँ र आधुनिक सुविधासहितको स्वास्थ्य चौकी सञ्चालनमा आउँदा लिमीका स्थानीयले सहज रुपमा स्वास्थ्य उपचार सेवा पाउने भएको […]

डाँडाफया स्वास्थ्य चौकी ‘उत्कृष्ट’

सिमकोट – पाँच वटा स्वास्थ्य चौकी रहेको सिमकोट गाउँपालिकामा ०७७।७८ मा उत्कृष्ट ठहरिएको छ। वर्षभरि स्वास्थ्य चौकीले गर्नुपर्ने काम र दिनुपर्ने सेवाका आधारमा बनाइएको सूचकका आधारमा मूल्यांकन गर्दा सो स्वास्थ्य चौकी उत्कृष्ट भएको हो। गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले स्वास्थ्य चौकीबाट प्रवाह हुनुपर्ने सेवा, कार्यालय व्यवस्थापन, सेवाग्राहीलाई दिने सेवा, समय व्यवस्थापन, कार्यालयमा राख्नुपर्ने विवरण व्यवस्थापनमा […]

तीन दिनदेखि स्वास्थ्य चौकी बन्द हुँदा बिरामी मर्कामा

सिमकोट – नाम्खा गाउँपालिका–३ को खगालगाउँमा रहेको स्वास्थ्य चौकी बन्द हुँदा बिरामीको उपचारमा समस्या भएको छ। तीन दिनदेखि स्वास्थ्य चौकी बन्द भएपछि बिरामीको उपचारमा समस्या देखिएको हो। बुधबारदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाएर स्वास्थ्यकर्मीले चौकी बन्द गरी नफर्केपछि बिरामीलाई उपचारमा समस्या भएको स्थानीय देव लामाले बताए। स्वास्थ्य चौकीमा उपचार गर्न पाउने अवस्था नरहेपछि बिरामीलाई सदरमुकामस्थित जिल्ला […]

अर्घाखाँची सिमेन्टले बनाइदियो मैनहिया स्वास्थ्य चौकी

रूपन्देहीको सियारी गाउँपालिका–२, मैनहियामा अर्घाखाँची सिमेन्ट प्रालिले स्वास्थ्य चौकी निर्माण गरेको छ

गुल्मी : स्वास्थ्य चौकी बनाउन पाँच रोपनी जग्गा दान

गुल्मी – स्वास्थ्य चौकी अभावमा समस्या भोग्दै आएका गुल्मीको चन्द्रकोट गाउँपालिकाको रुपाकोटका स्थानीय अहिले निकै खुसी बनेका छन् । स्वास्थ्य चौकी बनाउन जनप्रतिनिधिहरु जग्गाको खोजीमा भौतारिरहेको अवस्थामा स्थानीय दुई जनाले निःशुल्क पाँच रोपनी जग्गा उपलब्ध गराएपछि रुपाकोटमा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको होे ।  रुपाकोट घर भइ रोजगारीको सिलसिलामा बेलायत रहँदै आएका मोतीराज भण्डारी र तारानाथ भण्डारीले गएको वर्ष सात लाख रुपैयाँमा स्थानीयसँग खरिद गरेको जग्गा स्वास्थ्य चौकी बनाउन उपलब्ध गराएका हुन् ।  रोजगारीको सि...