रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास

प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भर्चुअल सिलान्यास गरेसँगै सप्तरीसहित तराईका १० जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनतामा गुणस्तरीय स्वास्थ्य सेवा पाउने भरोसा पलाएको छ।...

सम्बन्धित सामग्री

गुणस्तरीय सेवा प्राप्त हुने विश्वास

अलि लामै समयको प्रतीक्षापछि आज हामी रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्यको शुभारम्भ गर्ने बिन्दुमा आइपुगेका छौँ । हामीसँग जमिन प्राप्त भएको छ, डिजाइनहरू बनेका छन् र यससम्बन्धमा बजेटको पनि व्यवस्था भइसकेको छ । अब यस निर्माण कार्यलाई अगाडि बढाउने कुरामा कुनै प्रकारको व्यवधान छैन । मेरो पनि इच्छा थियो कि सकेसम्म छिट्टै रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सप्तरीमा सुरुवात गरौँ र त्यहाँ एउटा भव्य र खोज अध्ययनमूलक, सेवा जनतालाई पु¥याउन सक्ने, भौतिक पूर्वाधार, जनशक्ति, साधन–स्रोत सबैले भरपुर सम्पन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण गर्न सकौँ । लामो समयदेखिको इच्छालाई मूर्तरूप दिने सन्दर्भमा आज हामीले भवन शिलान्यास गरेका छौँ । अब यो हाम्रो सपना छिट्टै नै व्यावहारिक रूपमा वास्तवमा भन्ने हो भने शिलान्यास भएपछि नै सपना पूरा भयो भने हुन्छ । यो काम अब अगाडि बढ्यो नै । यसले छिट्टै पूर्णता प्राप्त गर्नेछ । यहाँबाट हाम्रा नयाँ पुस्ताका भाइबहिनी, बालबालिका र सन्ततिले राम्रो शिक्षा आर्जन गर्न सक्नेछन् । त्यसै गरेर जनताले उच्चस्तरीय, गुणस्तरीय सेवा प्रा