अर्थ मन्त्रालयद्वारा स्वास्थ्य केन्द्रका लागि रु एक अर्ब आठ करोड निकासा

काठमाडौं । अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि रु एक अर्ब आठ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिनुभएको हो । स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार दुई हजार ६२६ वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाको काम सम्पन्नताका आधारमा वित्तीय हस्तान्तरणका रुपमा रकम पठाउने गरिन्छ । अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि रु चार अर्ब २० करोड विनियोजन गरिएको र त्यसमध्ये यसअघि रु दुई अर्ब ६९ करोड २८ लाख ५८ हजार निकासा भइसकेको जानकारी दिनुभयो । अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत रु ५७ अर्ब ९७ करोड बराबरको स्रोत सुनिश्चित गरेको थियो । सोहीअनुसार गत मङ्सिर १५ गते ३०८ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।(रासस)

सम्बन्धित सामग्री

अर्थ मन्त्रालय फर्किए सचिव पुष्कर

३१ भदौ, काठमाडौं । सरकारले सचिव कृष्णहरि पुष्करलाई पुनः अर्थ मन्त्रालयमा फिर्ता ल्याएको छ । शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यालय  सरुवा गर्दै अर्थ मन्त्रालयको अर्थ सचिवमा पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको हो । २० वैशाख २०८०मा पोखरेल अर्थ सचिव भएका थिए । पोखरेलले ४ महिनामा मात्रै अर्थ […]

उत्तर कोरियाको लागि साम्राज्यवादको अर्थ के हो ?

वास्तवमै यो सन्दर्भमा साम्राज्यवादको अर्थ के होला ? बीबीसीका संवाददाता इसी गोड्साडाफका अनुसार उत्तर कोरियाका लागि साम्राज्यवादको अर्थ सँधै एउटा रहन्छ, त्यो हो अमेरिका ।

अर्थ मन्त्रालयमा चलखेल

काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन मुखैमा भन्सार विभागका महानिर्देशक र आन्तरिक राजस्व विभागका महानिर्देशक फेर्ने प्रयास गरे पनि असफल भएको छ । यी दुवै सरकारी निकाय आकर्षक र महत्वपूर्ण मानिन्छन् । राजस्व संकलनदेखि महत्वपूर्ण कार्य गर्ने जिम्मेवारीमा रहेका यी निकायमा निर्वाचन आउनै लाग्दा अर्थ मन्त्रालयले महानिर्देशक फेर्ने प्रयास गर्नुलाई शंकास्पद मानिएको छ । अर्थ मन्त्रालयले […]

कृष्णहरि पुष्कर अर्थ सचिवमा नियुक्त

सरकारले अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा पुष्करलाई  नियुक्ति गरेको हो । यसअघिको मन्त्रिपरिषदको बैठकले तत्कालिन  अर्थ सचिवमा मधु मरासिनीलाई  प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो । उनको ठाउँमा पुष्करलाई तत्कालका लागि अर्थ सचिवको जिम्मेवारी दिएको थियो । यस्तै मन्त्रिपरिषद बैठकले राजस्व सचिवमा रामेश्वर दंगाललाई नियुक्त गरेको छ ।

अर्थ मन्त्रालयबाट मधु मरासिनीको सरुवा

सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन्  । बिहीबार मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । […]

अर्थ समितिको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिको आज (सोमबार)को बैठक स्थगित गरिएको छ । कोरम नपुगेपछि बैठक स्थगित भएको सांसद सत्य पहाडीले जानकारी दिइन् । समितिले सोमबार अर्थ मन्त्रालयसँग आगामी आर्थिक वर्षको बजेटको तयारीका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने सूचना जारी गरेको थियो । आइतबारका दुई बैठकमा आएका सुझाव सोमबार मन्त्रालयका अधिकारी समक्ष राख्ने र त्यहाँ पनि […]

बलिउड अभिनेत्रीहरुको नामको यस्तो अर्थ

हरेक व्यक्तिको नाम भित्र केही न केही अर्थ लुकेको हुन्छ । अझ फिल्मका कलाकारको नामको अर्थमा दर्शकको चासो बढी नै हुन्छ । बलिउडका ६ अभिनेत्रीको नामको अर्थ आफैंमा रोचक छ ।अभिनेत्री कंगना रनावत बोलीका कारण चर्चामा आइरहने अभिनेत्री हुन् । उनी सामाजिक सञ्जालमा बढी विवादमा छाइरहन्छिन् । यिनै कंगनाको नामको अर्थ हो ‘ब्रासलेट ।अभिनेत्री यामी गौतमको पनि नामको अर्थ छ । यामीको अर्थ हो ‘चम्किरहेको तारा’ ।अभिनेत्री अनन्या पाण्डेको नामको अर्थ खोज्दा अनन्याको अर्थ ‘सबैभन्दा अलग अथवा अद्भुत&

अर्थ सचिवमा मरासिनी

काठमाडौं, १७ साउन । अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीको सरूवा भएको छ। गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थ मन्त्रालयमा सुरुवा गरिएको हो । त्यस्तै, अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरिएको छ। File Photo

आमा शब्द होइन, अर्थ हुन्

निस्वार्थ र निष्काम कर्म मात्रै, परिश्रम मात्रै गरिन्। आशा र अभिलाषा आफ्नो लागि शून्य, अरुको लागि अनन्त दिइन्। त्यसैले म अचेल बुझ्दै छु कि 'आमा' मात्र एउटा शब्द होइन, यो त अर्थ हो। अर्थ तपाईका हरेक प्रश्नहरुको, तपाईका हरेक उत्तरहरुको, तपाईका हरेक आवश्यकता तथा चाहनाहरुको, तपाईका हरेक सुखदुखका पलहरुको र तपाईका हरेक शब्दहरुको।

के हो यी चर्चित गाडी ब्रान्डका नामको अर्थ?

नेपालमा धेरै ब्रान्डका गाडीहरुको आधिकारिक वितरक छन्। सामान्यतया हामी ती ब्रान्डका नामको अर्थ खोज्दैनौं। प्रत्येक गाडीको नामको अर्थ भने छ।