जेठ २४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार लगानीकर्ताको आकर्षण वित्त कम्पनीको शेयरमा परेको छ ।
सोही कारण अधिकांश वित्त कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेमा हाल १५ ओटा वित्त कम्पनीको शेयर खरीदविक्री हुन्छ । जसमध्ये सोमवार ११ ओटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।
योदिन ती बाहेक दुई ओटा विकास बैंक र चार ओटा हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पनि सर्किट लागेको छ । यसदिन कारोबारमा आएका २२१ ओटा कम्पनी मध्ये १७ ओटा कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि भएको हो । १७ ओटा कम्पनीमध्ये अधिकांश वित्त कम्पनीहरुको शेयरमूल्यमा सर्किट लागेको हो ।
१७ ओटा कम्पनीमध्ये पोखरा फाइनान्स,सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । पोखरा फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू.५३९,सेन्ट्रल फाइनान्सको रू. ४०७ र आइसीएफसी फाइनान्सको रू. ५२८ पुगेको हो ।
त्यसैगरी कामना सेवा विकास बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ९ दशमलव ९७ प्रतिशत,गुडवील फाइनान्सको ९ दशमलव ९६ प्रतिशत,जानकी फाइनान्सको ९ दशमलव ९५ प्रतिशत,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको ९ दशमलव ९५ प्रतिशत,गोर्खाज फाइनान्सको ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी मञ्जुश्री फाइनान्सको ९ दशमलव ९४ प्रतिशत,रिडी हाइड्रोपावरको ९ दशमलव ९१ प्रतिशत,समृद्धि फाइनान्सको ९ ददशमलव ८९ प्रतिशत,रिलायन्स फाइनान्सको ९ दशमलव ८१ प्रतिशत,नेशनल हाइड्रोपावरको ९ दशमलव ८० प्रतिशत,युनिभर्सल पावरको ९ दशमलव ७१ प्रतिशत,दिब्यश्वरी हाइड्रोपावरको ९ दशमलव ६१ प्रतिशत र सांग्रिला डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ दशमलव शून्य ४ प्रतिशतले वृद्धि भएको हो ।
ती कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको देखिन्छ । फाइनान्स कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै यस समूहको परिसूचक सार्वधिक ८ दशमलव २७ प्रतिशतले बढेर २ हजार १३ पुगेको छ ।
त्यस्तै कामना सेवा विकास बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ५१८,श्री इन्भेष्टमेण्ट फाइनान्सको रू. ४३०,गुडवील फाइनान्सकोरू.४३०,गुडवील फाइनान्सको रू. ५७४,जानकी फाइनान्सकोरू. ४२०,गुहेश्वरी मर्चेन्ट बैंकिङ फाइनान्सको रू. १ हजार १६०,मञ्जूश्री फाइनान्सको रू. ९०७ पुगेको छ ।
यसैगरी रिडी हाइड्रोपावरकोरू. ४७७,समृद्धि फाइनान्सको रू. ४००,रिलायन्स फाइनान्सको रू. ४५९,नेशनल हाइड्रोपावरको रू. २६९,यनिभर्सल पावरको रू.३०५,दिब्यश्वरी हाइड्रोपावरको रू. २५१ र सांग्रिला डेभलपमेण्ट बैंकको शेयर मूल्य रू.४१० पुगेको हो ।