सरुवा भएर रमाना नलिने, काज अवधि सकिएर पनि कार्यालयमा नफर्किने र काजमा खटिएर घरमै बस्ने कर्मचारीहरुलाई नेपाल विद्युत् प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ । प्राधिकरणले बुधबार कर्मचारीहरुलाई रमाना तथा काजबारे परिपत्र गर्दै सरुवा भएको ठाउँमा रमाना लिइसक्न तथा काज फिर्ता गरिसक्न भनेको हो ।