प्रहरीको सूचना : ९ जनालाई ७ वर्षभित्र हाजिर हुन निर्देशन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधानले सम्पर्कबिहिन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । एक सार्वजनिक सुचना जारी गरी पछिल्लो समयमा सम्पर्कबिहिन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो । गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा रहन जारी सुचनामा उल्लेख छ […]

सम्बन्धित सामग्री

सम्पर्कविहीन रहेका २३ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं : नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। लामो समयसम्म गैरहाजिर हुनेमा प्रहरी कार्यालय सहायकदेखि सहायक निरीक्षकसम्मका कर्मचारी छन्। सात दिनभित्र हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी नेपाल प्रहरीले दिएको छ ।

जनकपुर सार्वजनिक जग्गा प्रकरण : ३० जनाको नाममा काट्यो अख्तियारले ७ दिने पत्र

काठमाडौँ । जनकपुरको पिडारीचोकमा रहेको ८ बिगाहाभन्दा बढी सरकारी जग्गा दिवस विक्रम शाहको नाममा भोगचलन गरेको प्रकरणबारे सोधपुछ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० जनालाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । अख्तियार आज दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै शाहसहित ३० जनाको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र हाजिर हुन नआए कानुन बमोजिम हुने […]

कर्मचारीलाई आयोगको निर्देशन : वैशाख १५ भित्र मतदान केन्द्रमा पुग्नू

काठमाडौं : निर्वाचन आयोगले सरुवा, काज वा पदस्थापना भएका कर्मचारीहरू तोकिएको स्थानमा नगएको भन्दै अनिवार्य हाजिर हुन निर्देशन दिएको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय चुनावका लागि खटाइएका कर्मचारीहरू तोकिएको मतदान स्थलमा नपुगेको सूचना पाएको भन्दै अनिवार्य हाजिर हुन उनीहरूलाई निर्देशन दिएको हो।खटाइएको कार्यक्षेत्रमा नपुगेका कर्मचारीलाई वैशाख १५ गतेभित्र अनिवार्य रुपमा मतदान केन्द्रमा हाजिर हुन पठाउन सरोकारवाला कार्यालयहरूलाई समेत आयोगले निर्देशन दि

छात्रवृत्तिमा पढेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा जान निर्देशन

सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो।