कृषि बिमाको प्रिमियममा ८० प्रतिशत अनुदान

अर्थ मन्त्रालयले प्रतिस्थापन विधेयकमार्फत आव ०७८/७९ को बजेटमा संशोधन गर्दै शुक्रबार संघीय संसद्मा पेस गरेको बजेटमा कृषि तथा पशुपक्षी बिमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । यस्तो व्यवस्थापछि...

सम्बन्धित सामग्री

कृषि तथा पशुपन्छी बिमामा गाउँपालिकाको छुट

मधेश प्रदेशको धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बिमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।बिमा समितिले बिमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने क्रममा गाउँपालिकाको तुल्सीयाही जब्दीमा आयोजना गरेको बिमा सम्बन्धी जनचेतनामूलक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले कृषि बिमामा थप १० प्रतिशत छुट दिने बताए […]

सुदूरपश्चिममा कृषि बीमाः शतप्रतिशत अनुदान हुँदा समेत बढेन दायरा

काठमाडौं, बैशाख २ । सुदूरपश्चिमका किसानले कृषि तथा पशु बीमा गर्दा सरकारबाट शतप्रतिशत अनुदान पाउँछन् । कृषि तथा पशु बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । यस्तै सुदूरपश्चिम प्रदेशले थप २० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । निःशुल्क बीमा गर्न पाउने अवस्था हुँदा पनि त्यहाँका किसान कृषि बीमाको दायरामा आउन नसकेको […]

कृषि तथा पशुपन्छी बीमा : असोज ७ गतेयताको पोलिसीमा ८० प्रतिशत अनुदान

काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अन्तर्गत गत असोज ७ गतेयता जारी भएको बीमालेखमा मात्र ८० प्रतिशत अनुदान पाइने भएको छ । चालू आवको प्रतिस्थापन बजेटले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो, त्यो व्यवस्था असोज ७ गतेदेखि लागू हुने भएको हो । अर्थ मन्त्रालयले गत हप्ता बीमा समितिलाई पत्र पठाउँदै असोज ७ गतेदेखि उक्त व्यवस्था लागू गर्न निर्देशन दिएको छ । त्यसपछि समितिले पनि हालै एक परिपत्र जारी गर्दै निर्जीवन बीमा कम्पनीहरूलाई सोहीअनुसार नै कृषि तथा पशुपन्छी बीमा सञ्चालन गर्न निर्देशन दिएको छ । साउन १ गतेदेखि असोज ६ गतेसम्मको बीमालेलखमा ५० प्रतिशत अनुदान दिइने बताइएको छ । गत आवसम्म सरकारले यस्तो बीमामा ७५ प्रतिशतसम्म अनुदान दिने गरेको थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको चालू आवको बजेटमा त्यस्तो अनुदान घटाएर ५० प्रतिशतमा कायम गरिएको थियो । राजनीतिक घटनाक्रमसँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले प्रतिस्थापन बजेट ल्याउँदै उक्त अनुदान बढाएर ८० प्रतिशत पुर्‍याएको हो, जुन असोज ७ गतेयताको पोलिसीमा मात्र लागू हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । प्रतिस्थापन बजेट प्रमाणीकरण भएको मितिदेखि नै उक्त व्यवस्था लागू भएको उनको भनाइ छ ।   ‘गत असोज ७ गतेयता जारी भएका र अब जारी हुने कृषि तथा पशुपन्छीको बीमाशुल्कमा ८० प्रतिशत नै अनुदान दिइने छ । त्यसभन्दा पहिलेको पोलिसीमा भने अघिल्लो सरकारले ल्याएको बजेटअनुसार ५० प्रतिशत नै अनुदान दिइनेछ ।’ यो व्यवस्था लागू भएसँगै कृषि तथा पशुपन्छीमा बीमा कृषकको आकर्षण थप बढ्ने उनको भनाइ छ । नेपालमा २०७० देखि कृषि तथा पशुपन्छी बीमा सञ्चालनमा छन् । यसमा शुरुआती समयदेखि नै सरकारले अनुदान दिँदै आएको छ । नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीले नै यस्तो बीमाको सुविधा दिँदै आएका छन् । साथै, समितिले पनि यस्तो बीमा गर्न सबै निर्जीवन बीमा कम्पनीलाई जिल्ला नै तोकिदिएको छ । तोकिएको जिल्लामा सम्बन्धित बीमा कम्पनीले अनिवार्य रूपमा यस्तो बीमा सञ्चालन गर्नुपर्ने हुन्छ ।

कृषि तथा बाली बिमाको अनुदान बढ्यो

सरकारले कृषि तथा बाली बिमा गर्दा प्रिमियम रकममा दिँदै आएको अनुदान वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै बाली तथा पशुको बिमा गर्दा प्रिमियम रकममा ८० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।सरकारले आव २०६९/०७० देखि बाली तथा पशु बिमा गर्दा ७५ प्रतिशत प्रिमियम अनुदान दिने कार्यक्रम […]

आयात प्रतिस्थापन गर्न कृषिमा सरकारको जोड, बीमा अनुदान ८० प्रतिशत पुर्याइयो

सहकारी संस्थाहरूको भगिनी कम्पनी खडा गरी आफ्नो ऋण लगानीको ५० प्रतिशत हिस्सा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नपर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माले जानकारी गराउनुभयो ।

कृषि बाली र पशु बीमामा अब ८० प्रतिशत अनुदान

सरकारले कृषि बाली र पशु बीमामा दिँदै आएको प्रिमियम अनुदान वृद्धि गरेको छ । अहिलेसम्म यस्तो बीमा गर्न ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले दायरा विस्तार गरी ८० प्रतिशत पुर्याएको हो । कृषि तथा पशुजन्य व्यवसायमा जोखिम न्यूनीकरण गरी सो क्षेत्रमा किसानहरूलाई आकर्षित गर्न कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरिएको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बताए । शर्माले आज संसदमा अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गरेका छन् ।

कृषि तथा पशु बीमाकाे ८० प्रतिशत प्रिमियम सरकारले बेहोर्ने

काठमाण्डाै – सरकारले कृषि तथा पशुजन्य व्यवसाय बीमा कार्यक्रममा दिँदै आएको प्रिमियम अनुदान बढाएर ८० प्रतिशत पुर्‍याएकाे छ । अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको बजेट प्रतिस्थापन विधेयकमा प्रिमियम अनुदान बढाएर ८० प्रतिशत बढाउने घोषणा गर्नुभएको हो । यसअघि सरकारले बीमा प्रिमियमको ५० प्रतिशत बेहोर्दै आएको थियो । ५० प्रतिशत किसान तथा व्यवसायीले नै बेहोर्दै आएकोमा अब किसानले २० प्रतिशत मात्रै बेहोर्दा हुने भएको छ ।  सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई परिमार्जन गर्दै १६ खर्ब ३...

किसान कृषि तथा पशु बिमामा ८० प्रतिशत अनुदान

सरकारले कृषि तथा पशुजन्य व्यवसायमा किसानलाई आकर्षित गर्न बिमा रकममा ८० प्रतिशत अनुदान दिने भएको छ । यसअघि सरकारले ५० प्रतिशतमात्रै अनुदान दिँदै आएको थियो ।

किसान कृषि तथा पशु बिमामा ८० प्रतिशत अनुदान

सरकारले कृषि तथा पशुजन्य व्यवसायमा किसानलाई आकर्षित गर्न बिमा रकममा ८० प्रतिशत अनुदान दिने भएको छ । यसअघि सरकारले ५० प्रतिशतमात्रै अनुदान दिँदै आएको थियो ।

कृषि बाली तथा पशु बीमाको प्रिमियम अनुदान ८० प्रतिशत पुग्यो

२५ भदौ, काठमाडौं । सरकारले कृषि बाली तथा पशु बीमाको प्रिमियम अनुदान वृद्धि गरेको छ । शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसअघि ५० प्रतिशत रहेको प्रिमियममा अनुदान अब भने ८० प्रतिशत हुनेछ । ‘कृषि बाली तथा पशु बीमाको प्रिमियममा साबिकको ५० प्रतिशत रहेको अनुदानलाई […]