काठमाण्डाै – सरकारले कृषि तथा पशुजन्य व्यवसाय बीमा कार्यक्रममा दिँदै आएको प्रिमियम अनुदान बढाएर ८० प्रतिशत पुर्याएकाे छ ।
अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको बजेट प्रतिस्थापन विधेयकमा प्रिमियम अनुदान बढाएर ८० प्रतिशत बढाउने घोषणा गर्नुभएको हो ।
यसअघि सरकारले बीमा प्रिमियमको ५० प्रतिशत बेहोर्दै आएको थियो । ५० प्रतिशत किसान तथा व्यवसायीले नै बेहोर्दै आएकोमा अब किसानले २० प्रतिशत मात्रै बेहोर्दा हुने भएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई परिमार्जन गर्दै १६ खर्ब ३...