नवलपरासी सुनवल–४ मा राष्ट्रिय जनमोर्चाको टोल समिति

परासी । नवलपरासीमा राष्ट्रिय जनमोर्चाको सङ्घर्ष र सङ्गठन परिचालन समितिले सुनवल नगरपालिका वडा नं. ४ हडाहामा २०७७ माघ २४ गते भेला सम्पन्न भएको छ । भेलाले गिरिराज ज्ञवालीको अध्यक्षतामा टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा ललिता गौतम, सचिवमा लक्ष्मी ज्ञवाली, कोषाध्यक्षमा अम्बिका नेपाल र सदस्यहरूमा कृष्ण नेपाल, बेञ्जना गौण र मीना ज्ञवाली रहनुभएको छ । भेलालाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका नेता कृष्णराज पौडेलले भेला सफलताको शुभकामना सहित प्रशिक्षण दिनुभएको थियो । भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकारद्वय तिलकप्रसाद सुवेदी र उत्तमराज खरेलले शुभकामना मन्तव्य दिनुभएको थियोे भने अखिल नेपाल महिला सङ्घकी जिल्लाध्यक्ष सम्झना सुवेदीले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियोे ।

सम्बन्धित सामग्री

नवलपरासी जिप दुर्घटनामा मृतक चारै जनाको सनाखत

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा […] The post नवलपरासी जिप दुर्घटनामा मृतक चारै जनाको सनाखत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नवलपरासी पश्चिम २ मा राप्रपाका ध्रुवबहादुर प्रधान विजयी

नवलपरासी पश्चिम : नवलपरासी पश्चिम २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्।निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवेन्द्रराज कंडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।प्रधानले ३४ हजार ९५९ मत ल्याए। कँडेलले १९ हजार ५९४ मत मात्र पाए। यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४९८ मत पाएका छन् ।

नवलपरासी-२ बाट राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

नवलपरासी । नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित हुनु भएकाे छ । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित हुनुभएकाे हाे । प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए ।

नवलपरासी-२ बाट राप्रपा ध्रुवबहादुर प्रधान निर्वाचित, देवेन्द्रराज कंडेल पराजित

९ मंसिर, नवलपरासी । नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् । प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए । यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमारी […]

पश्चिम नवलपरासी-१ 'ख' मा कांग्रेसका पाठक विजयी

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) क्षेत्र नं १ को प्रदेशसभा 'ख' मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रेम पाठक निर्वाचित हुनुभएको छ । उहाँ १५ हजार चार सय ३६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार पाठकका निकटम प्रतिस्पर्धी नेकपा एमालेका पूण्यप्रसाद उपाध्याय पौडेलले १३ हजार तीन सय १६ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनीतकुमार मिश्रले पाँच हजार चार सय ४१ तथा जनमत पार्टीका कन्हैया चौधरीले तीन हजार पाँच सय दुई मत प्राप्त गर्न...

नवलपरासी पूर्व–१ मा शंशाक कोइराला निर्वाचित

काठमाडौं, ८ मंसिर । नवलपरासी पूर्व–१ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता शंशाक कोइराला निर्वाचित भएका छन् । कोइरालाले नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गर्दैै विजयी भएका हुन् । कांग्रेसका पूर्व महामन्त्री कोइरालाले २७ हजार ६७ मत प्राप्त गरेका छन् भने पौडेलले २५ हजार ४७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन […]

पश्चिम नवलपरासी–२ मा राप्रपाका प्रधानको अग्रता

पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव बहादुर प्रधानले २ हजार ५४५ मत पाएर अग्रता हासिल गरेका छन् । दोस्रो स्थानमा कांग्रेसका देवेन्द्रराज कँण्डेलले अग्रता कायम गरेका छन् । उनले ९९५ मत पाएका छन् । तेस्रो स्थानमा एमालेका दिपेन्द्रकुमार अधिकारीले ५७४ मत पाएका छन् ।

नवलपरासी पूर्व-१ मा कोइरालाको अग्रता

नवलपरासी पूर्वको प्रतिनिधिसभा- १ का उम्मेदवार नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता कायम गर्नुभएको छ । कुल दुई हजार ४४३ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले एक हजार २५५ मत प्राप्त गर्नुभएको छ । साथै, नेकपा (एमाले)का कृष्ण पौडेलले नौ सय १५ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ९६ मत […]

नवलपरासी एमालेमा महाधिवेशन प्रतिनिधि छान्न निर्वाचन हुने

महाधिवेशन प्रतिनिधि चयनमा सहमति जुट्न नसकेपछि पश्चिम नवलपरासी एमालेमा निर्वाचन हुने भएको छ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने महाधिवेशन प्रतिनिधि चयनका लागि शुक्रवार सहमति नजुटेपछि शनिवार निर्वाचन हुने भएको हो । जिल्लामा २ संघीय निर्वाचन क्षेत्र छन् । १ वटा निर्वाचन क्षेत्रबाट २ जना महिला र ४ खुला महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट कूल ४ महिलासहित १२ जना महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो ।  जसमा ११ जना महिला र २० जना खुला गरी कूल ३१ जना...