नवलपरासी–२ मा राप्रपाका ध्रुवबहादुर प्रधान विजयी : कांग्रेसका देवेन्द्रराज कँडेल पराजित

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी हुनुभएको छ । उहाँले निकटतम् प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रराज कँडेललाई १५ हजार १७० मतान्तरले हराउनुभयो । प्रधानले ३४ हजार ७६४ मत पाउँदा कांग्रेसका कँडेलले १९ हजार ५९४ मत प्राप्त गर्नुभयो । राप्रपाले अहिलेसम्म ५ क्षेत्रमा जितेको छ । झापा ३–मा राजेन्द्र लिङ्देन, मकवानपुर १– मा दीपकबहादुर सिंह, बाँके २ – मा धवल शम्शेर राणा र जुम्लामा ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शा...

सम्बन्धित सामग्री

नवलपरासी– २ मा राप्रपाका प्रधानको अग्रता

नवलपरासी । पश्चिम नवलपरासीको क्षेत्र नं २ मा राप्रपाका उपाध्यष ध्रुवबहादुर प्रधान अगाडि रहेका छन् । भने नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा छन् । दुई हजार सात सय ५० मत गन्दा राप्रपाका प्रधान एक हजार तीन सय ८९ मत र कँडेलले पाँच सय २७ मत प्राप्त गरेका छन् ।

नवलपरासी– २ मा ध्रुवबहादुर प्रधान अगाडि, देवेन्द्रराज कँडेल पछाडि

पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन शुरु भएको छ । निर्वाचन क्षेत्र नं २ मा राप्रपाका उपाध्यष ध्रुवबहादुर प्रधान अगाडि रहेका छन् ।