एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षीलाई फोनवार्तामा आणविक युद्ध शुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बताएको क्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन्। ‘यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रपति बाइडेनले वार्तालापको क्रममा बारम्बार आणविक युद्ध शुरु गर्नु हुँदैन र जित्न सकिदैन’, भनेको स्पुतनिकले उशाकोभलाई उद्धृत गर्दै जनाएको छ । उक्त वार्ता बिहीबार अपराह्न ४स्२५ बजे भएको थियो।