देउवालाई विश्वासकाे मत दिनेहरु एमालेमा रहँदैनन्: प्रवक्ता ज्ञवाली

काठमाडौँ – पार्टी निर्णय विपरीत गएर प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने वा कारवाहीमा पर्ने एमालेले जनाएको छ। च्यासलमा बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘यसअघिको निर्णयले पनि एमाले प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन वा विश्वासको मतको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो। आजको बैठकले पनि […]

सम्बन्धित सामग्री

प्रचण्डलाई विश्वासकाे मत दिनेबारे नाउपामा मतभेद, रेशम–रञ्जिताका दुईथरी सूचना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिने/नदिनेबारे नागरिक उन्मुक्ति पार्टीमा विवाद चुलिएकाे छ ।

विश्वासकाे मत नलिँदै सत्तापक्ष र प्रतिपक्ष आमनेसामने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत नलिँदै सत्तापक्ष र प्रतिपक्ष आमनेसामने हुने भएका छन् ।

संसदबाट विश्वासकाे मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ – प्रतिनिधिसभाकाे बैठक सुरु भएकाे छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा सुरु भएकाे बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासकाे मत लिँदैछन्।

कांग्रेसले पनि प्रचण्डलाई विश्वासकाे मत दिने

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसले पनि विश्वासकाे मत दिने भएकाे छ। मंगलबार बसेकाे पार्टीकाे केन्द्रीय कार्यसम्पादन समिति बैठकले उनलाई विश्वासकाे मत दिने निर्णय गरेकाे पार्टीका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए। सरकारलाई समर्थन गरेपनि कांग्रेस प्रतिपक्षमै रहनेछ। बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा रहेका थिए। यही […]

प्रचण्डले अत्यधिक विश्वासकाे मत पाउनुहुन्छ: माओवादी नेता

काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं सांसद देवेन्द्र पाैडेलले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वकाे सरकारलाई नेपाली कांग्रेसले पनि विश्वासकाे मत दिनुपर्ने बताएका छन् । ‘जनमत सबै मिलेर काम गर भन्ने खालकाे छ । त्यसैले प्रचण्डकै सरकारलाई राष्ट्रिय सहमतिकाे सरकारमा परिणत गर्नुपर्छ भन्ने हाम्राे धारणा हाे । यसमा कांग्रेसले विश्वासकाे मत […]

सांसदलाई धमलाकाे प्रश्न- प्रचण्डलाई विश्वासकाे मत दिने कि नदिने ?

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पाैडेलले पुष्पकमल दाहाल (प्रचण्ड) काे सरकारलाई विश्वासकाे मत दिँदा प्रमुख प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने अवसर गुम्ने औल्याएका छन् । ‘प्रधानमन्त्रीले विश्वासकाे मत माग्नु स्वाभाविकै हाे । तर पार्टीले निर्णय गरिसकेकाे छैन । आज बिहान ९ बजे संसदीय दलकाे बैठक छ । मैले अहिले नै यस्ताे […]

प्रचण्डलाई विश्वासकाे मत दिँदै दिँदैनाैँ : चित्रबहादुर केसी

काठमाडाैँ – राष्ट्रिय जनमाेर्चा (राजमाे) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारलाई विश्वासकाे मत नदिने भएकाे छ। साेमबार नयाँ बानेश्वरस्थित संघीय सांसद् भवन पुगेका राजमाे अध्यक्ष तथा सांसद् चित्रबहादुर केसीले आफूहरूले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत नदिने जानकारी दिएका हुन्। सञ्चारकर्मीहरूसँगकाे कुराकानीमा उनले अन्य दल: नेपाली कांग्रेस, नेकपा एमाले र […]

विश्वासकाे मत दिन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डकाे आग्रह

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाललाई सरकारलाई विश्वासकाे मत दिन आग्रह गर्नुभएकाे छ । आज बुधवार प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्रकाे) संसदीय दलकाे कार्यालय सिंहदरबारमा अध्यक्ष नेपाललाई भेटेर सरकारलाई विश्वासकाे मत दिन आग्रह गर्नुभएकाे छ । अध्यक्ष नेपालले भने पार्टीभित्र छलफल गरेर मात्रै टुङ्गोमा पुग्न सकिने जवाफ दिनुभयो ।माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारमा जाने बेलामा आफूसँग छलफलसमेत ...

वाग्मतीका मुख्यमन्त्री पाण्डेले तिहारलगत्तै विश्वासकाे मत लिने

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तिहारलगत्तै कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासकाे मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत लिएर मात्र अरू मन्त्रीहरू थप्ने र मन्त्रालयहरू फुटाउने तयारी गर्नुभएको हो ।  मुख्यमन्त्रीका रूपमा शपथ लिएको एक महिनाभित्रमा विश्वासकाे मत लिने समय भए पनि उहाँले कात्तिक २२ गते विश्वासकाे मत लिन लाग्नुभएको हो । विश्वासकाे मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेश सभामा पत्र पठाइ सकिएको छ ।  मुख्यमन्त्रीले विश्वासकाे मत लिनका लागि मुख्यमन्त्री...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासकाे मत लिने

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनु हुने भएकाे छ । उहाँले विश्वासकाे मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । अल्पमतकाे सरकार भएकाले मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट विश्वासको मत लिनु भन्दा दुई दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिवालयले जना...