काठमाडाैँ – प्रतिनिधिसभाकाे बैठक सुरु भएकाे छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा सुरु भएकाे बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासकाे मत लिँदैछन्।
१३ गते फागुनमा सत्ता गठबन्धनमा सहभागी दल राप्रपा र आज नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सदनबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न देउवा निवास धुम्बाराही पुगेका थिए ।
पुस १० मा
काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ। आइतबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग दुई शीर्ष नेताहरूले भेट गरेका हुन्। भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भेटमा दुई राजनीतिक दलहरू सकारात्मक रहेको र विश्वासको […]
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज मङ्गलवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच भेटवार्ता भएकाे हाे ।
सरकार विस्तार एवम् सहकार्यका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल हुँदै आएको छ । पहिलो चरणमा आठ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेको प्रचण्ड नेतृत्वकाे सरकारले विश्वासकाे मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएकाे छ ।
प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने हुनुभएको...