काठमाडौं (अस) । पेयपदार्थ ब्रान्ड स्प्राइटले गर्मी मौसम लक्षित ‘स्प्राइटसँग जित्ने मौका’ क्याम्पेन सुरु गरेको छ । प्रमोसन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो, जसको उद्देश्य युवालाई स्प्राइटका साथमा आफ्ना पल रिसेट र रिफ्रेस गर्न प्रेरित गर्ने कम्पनीले बताएको छ ।
प्रमोसनमा स्प्राइटका ब्रान्ड एम्बेसडरमा अनमोल केसीलाई छायांकन गरिएको छ । क्याम्पेनअन्तर्गत ९ भाग्यशाली उपभोक्ताले बिहान १० देखि बेलुका ७ बजेसम्म हरेक घन्टा एउटा सामसुङ ग्यालेक्सी स्मार्ट फोन जित्ने मौका पाउनेछन् । उपभोक्ताले हरेक साता एउटा स्मार्ट वाच र एउटा सामसुङ स्मार्ट फोन जित्न सक्ने कम्पनीले बताएको छ ।
अफरमा सहभागी हुन उपभोक्ताले लेबलमा रहेको क्यूआर कोड स्क्यान वा कम्पनीको इमेलमा लग इन गरी आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ । ०७८ फागुन ८ देखि ०७८ चैत १६ गतेसम्म लागू हुने यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागू हुनेछ ।