एमाले विवाद समाधानका लागि दुवै पक्षका नेताहरुबीच सिंहदरबारमा वार्ता भइरहेको छ । ओलीसँगको वार्तामा बस्नुअघि माधव नेपाल पक्षले तीनवटा बटमलाइन बनाएको बुझिएको छ । जसमा २०७५ जेठ २ को स्थायी कमिटी बैठक बसेर सवै विवाद मिलाउने, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै ती विषयको छिनोफानो हुनुपर्ने र त्यो नभए सामूहिक राजीनामा दिने बटमलाइन तय गरेको एक नेताले बताए । हामीले निश्चित तीन बटमलाइन बनाएका छौ सोही आधारमा नेताहरुबीच अहिले छलफल भएको छ, माधव पक्षका एक नेताले रातोपाटीलाई बताए । ओली