माधव पक्षको जीत : हस्ताक्षर फिर्ता नलिने, बैठकअघि वार्ता गर्ने

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले गत फागुनदेखि उठाउँदै आएको जेठ २ अघिको संरचनामा फर्कनुपर्ने माग पूरा भएको छ । अन्ततः माधव नेपाल पक्षले पार्टीभित्रको लडाइँमा जीत हासिल गरेको छ ।मंगलबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्दै असार १८ गते जेठ २ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेपछि माधव नेपाल पक्षको माग पूरा भएको हो ।मंगलबारको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार बैठकले पुरानै केन्द्रीय कमि

सम्बन्धित सामग्री

युक्रेनले भन्यो, ‘न आत्मसमर्पण गर्छौँ न नै रुसी शर्तको अगाडि झुक्नेछौँ’

युक्रेनले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तरवार्तामा आफूहरु कुटनीति समाधानका लागि तयार भएको तर आत्मसमर्पण नगर्ने बताएका छन् । उनले आफूहरु रुसको शर्तको अगाडि नझुक्ने पनि स्पष्ट पारेका छन् ।युक्रेनका विदेशमन्त्रीको यो बयान त्यतिबेला आएको हो जब सोमबार बेलारुसमा रुस र युक्रेनका प्रतिनिधिबीच छलफल भएको थियो ।कुलेबाले वार्ता कहिलेसम्म चल्नेछ भन्नेबारे आफू अनभिज्ञ भएको बताएका छन् । उनले यो युद्धमा युक्रेनकै जीत हुने पनि बता

अन्त्य होला त संसारकै घातक स‌ंघर्ष ?

अफगानिस्तान सरकार र विद्रोही तालिबान समूहबीच कतारमा पहिलोपटक शान्तिवार्ता सुरु भएको छ। वार्ता प्रकृया सुरु भएकाले मानवीय युद्धविराम गर्न अफगान सरकारले तालिबानलाई आग्रह गरेको छ  सरकारी वार्ता टोलीको प्रतिनिधित्व गरिरहेका अब्दुल्ला अब्दुल्लाले युद्धबाट कसैको जीत हासिल नहुनेमा जोड दिएका छन्। वार्तामा बसेको ताल...

कोरियन प्रायद्वीपमा किन जुवा खेल्दैछन् डोनाल्ड ट्रम्प ?

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपतिले मंगलबार सिंगापुरमा उत्तर कोरियाली नेता किम जोङ उनसँग हात मिलाएसँगै विश्व-राजनीतिमा स्वाभाविक प्रश्न उठेको छ- यो ऐतिहासिक वार्ता अमेरिकाको जीत हो वा उत्तर कोरियाको ? यो वार्ताबाट किम र ट्रम्पमध्ये कसले बढी फाइदा उठाउलान् ? र, यससँगै दुई कोरियावीचको सम्भावित एकीकरणले अमेरिकालाई फाइदा होला …