नेकपा एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु बिहीबार बेलुकासम्मै एकता जोगाउने प्रयासमा लाग्ने भएका छन् । बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए ।‘आज बिहान एक चरणको वार्ता सकिएको छ । फेरि अपरान्ह बस्ने समझदारी भएको छ’, माधव नेपाल पक्षका एक नेताले भने, ‘एकताका लागि आज लगभग अन्तिम प्रयास हुनेछ ।’एमाले विवाद समाधानका लागि अध्यक्ष केपी ओलीका तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास ने