ललितपुर – ललितपुर महानगरपालिकामा ‘मास्क लगाऔँ, आफू बचौँ र अरूलाई पनि बचाऔँ’ अभियान अन्तर्गत निःशुल्क मास्क वितरणको काम फेरि सुरु भएको छ ।
यसअघि सुरु गरेको अभियानलाई कोरोना भाइरसकाे सङ्क्रमण बढ्न थालेपछि फेरि सुरु गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । अभियान अन्तर्गत बुधवार (आज) ललितपुर महानगरपालिकाभित्रका सार्वजनिक, निजी तथा भाडाका गाडीमा यात्रु, चालक र सहचालकलाई निःशुल्क मास्क वितरण गरेको महानगरका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।
मास्क वितरण गर्न र मास्क लगाउने तरिकाबारे जानकारी ...