बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु भएको छ । राजधानीवासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम सुरु भएको हो । २०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै २०७८ असार १ गतेको बाढीले मुहान नै ध्वस्त बनाएको थियो । ध्वस्त संरचनाको पुनर्निर्माणको काम यसअघि नै निर्माण जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले जानकारी दिए ।प्रधानमन्त्री शेरबहादु