काठमाडौं : परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको कन्सुलर सेवा विभागले कन्सुलरसम्बन्धी सम्पूर्ण काम स्थानीय तहबाट सुरु गरेको छ।विदेशमा रहेका नेपालीसँग जोडिएका घटना र समस्याको सम्बोधन गर्ने उद्देश्यले २५ भदौदेखि स्थानीय तहबाट कन्सुलरको काम सुरु गरेको थियो। कन्सुलरका समस्या सम्बोधन गर्नका लागि काठमाडौँ नै आउनुपर्ने बाध्यता अन्त्य गर्न उक्त कार्य अगाडि बढाएको कन्सुलर सेवा विभागले जनाएको छ।उपत्यकामा तीन जिल्लाका स्थानीय तहबाट काम सुरु भएको कन्सुलर विभागका महानिर्देशक धनबहादुर ओलीले ब