हेटौंडा सिमेन्ट उद्योगको उत्पादन ५ महीनादेखि बन्द, महाप्रबन्धक भन्छन्- कोइला किन्न पैसा छैन

बागमती । सरकारको स्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योगको उत्पादन ५ महीनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ । सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत ४ आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए । रकम अभावले कोइलासमेत खरीद गर्न समस्या भइरहेको उनको भनाइ थियो । रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ । उक्त उपदान नपाउने कर्मचारीको सङ्ख्या १५ रहेको उद्योग प्रशासनले जनाएको छ । दैनिक सात ७५० मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने सो उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ । हाल विगतमा उत्पादित मौज्दात सिमेन्ट विक्री वितरण भइरहेको छ । उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षको हालसम्म २ लाख ४९ हजार ४५६ बोरा सिमेन्ट विक्री भइसकेको छ । उद्योगका महाप्रबन्धक पाण्डेले उद्योग सञ्चालनसँगै निरन्तररूपमा सिमेन्ट उत्पादनका लागि कोइला खरीद प्रक्रिया शुरू गरिएको बताए । कोइलाको आपूर्ति हुनासाथ काम अगाडि बढाइने उनले जानकारी दिए । उद्योगले एकपटक बोलपत्र आह्वान गर्दा १३ हजार टन कोइला आपूर्ति हुने गरेको छ । आव ०७६/७७ देखि ०७८/७९ सम्ममा उद्योगलाई रु ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ नोक्सान भएको थियो । गत आवमा मात्र रु २३ करोड ५५ लाख नोक्सान भएको थियो । उद्योग सञ्चालनको माग गर्दै अखिल नेपाल मजदुर संघले आन्दोलन गरिरहेको छ । उद्योगमा हाल ज्यालादारी तथा स्थायी गरी करीब ३ सय कर्मचारी कार्यरत छन् । यसैबीच हेटौंडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋद्धिसिद्धी सिमेन्ट उद्योग निन्तर सञ्चालित छन् । रासस

सम्बन्धित सामग्री

क्यानको महाप्रबन्धक नियुक्ती प्रक्रियामा विवाद!

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक नियुक्त प्रक्रिया विवादमा परेको छ । महाप्रबन्धकका लागि आवेदन दिने मध्येका नवराज कोइरालाले महाप्रबन्धक नियुक्ती प्रक्रिया निष्पक्ष नभएको आरोप लगाएका छन् । कोइरालाले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै नियुक्ति प्रक्रिया ७२ घन्टा भित्र नसच्याए क्यान र सचिव पारस खड्काविरुद्ध सर्वोच्च अदालत जाने समेत चेतावनी दिएका छन् […] The post क्यानको महाप्रबन्धक नियुक्ती प्रक्रियामा विवाद! first appeared on हाम्रो खेलकुद.

उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपानेले दिए सशर्त राजीनामा

२५ जेठ, काठमाडौं । सरकारी स्वामित्वको उदयपुर सिमेन्टका महाप्रबन्धक गोपी न्यौपानेले शर्तसहित राजीनामा दिएका छन् । २१ जेठमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटेर महाप्रबन्धक न्यौपानेले ३२ जेठसम्मको अल्टिमेटम दिएर सर्शत राजीनामा बुझाएका हुन् । आर्थिक रुपमा टाट पल्टिंदै गएको सिमेन्ट उद्योग पछिल्लो दुई महिनादेखि बन्द अवस्थामा छ । उद्योगको पुनर्संरचना नगरी चलाउन […]

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। पौडेलसँग यसअघि मन्त्रालयले स्पष्टीकरण मागेको थियो। निगमको हितविपरीत काम गरेको भन्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा बोलाएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको […]

वायुसेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको...

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरेको भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई आज बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा ताने थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

हेटौंडा सिमेन्ट उद्योगमा महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान

२६ माघ, काठमाडौं । सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि प्रक्रिया अगाडि बढाएको । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने मन्त्रालयको सूचनामा भनिएको छ । दरखास्तका […]

महाप्रबन्धक भट्टराईद्वारा स्पष्टिकरणको साटो राजीनामा

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले आज पदबाट राजिनामा दिनुभएको छ । सरकारले एक साता पहिले स्पष्टीकरण सोधेकामा उहाँले त्यसको जवाफ नलेखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजिनामा बुझाउनुभएको हो । तेह्र महिना पहिले उहाँ दुई वर्षका लागि कम्पनीको महाप्रबन्धक पदमा नियुक्त हुनुभएको थियो । आफूले सामाजिक सञ्जालमा लेखेका विषयमा सोधिएकाले त्यसको जवाफ नदिएर …

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूमाथि सरकारी पक्षबाटै असान्दर्भिक टिका–टिप्पणी आरोप लगाउने कार्य भएको भन्दै उनले राजीनामा दिएको जनाएका हुन् । पछिल्लो समय भौतिक...

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्धारा राजीनामा

काठमाडौं, साउन २७ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ । उहाँले सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेको बताउनुभयो । अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उहाँले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेको बताउनुभयो ।