महाप्रबन्धक भट्टराईद्वारा स्पष्टिकरणको साटो राजीनामा

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले आज पदबाट राजिनामा दिनुभएको छ । सरकारले एक साता पहिले स्पष्टीकरण सोधेकामा उहाँले त्यसको जवाफ नलेखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजिनामा बुझाउनुभएको हो । तेह्र महिना पहिले उहाँ दुई वर्षका लागि कम्पनीको महाप्रबन्धक पदमा नियुक्त हुनुभएको थियो । आफूले सामाजिक सञ्जालमा लेखेका विषयमा सोधिएकाले त्यसको जवाफ नदिएर …