रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्धारा राजीनामा

काठमाडौं, साउन २७ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ । उहाँले सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेको बताउनुभयो । अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उहाँले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेको बताउनुभयो ।

सम्बन्धित सामग्री

राजीनामापछि सरकारी गाडी मन्त्रालयलाई बुझाएर निजी सवारीमा फर्किए गुरु भट्टराई

काठमाडौँ– रेलवे कम्पनीको महाप्रबन्धक पदबाट राजीनामा दिएपछि गुरु भट्टराईले आफूले प्रयोग गरेको सरकारी गाडी मन्त्रालयलाई बुझाएका छन् । आज दिउँसो उनले राजीनामा दिएपछि आफूले प्रयोग गर्दै आएको बा २ झ ३०४५ नम्बरको गाडी मन्त्रालयलाई बुझाएर बा १० च ३१५ नम्बरको निजी सवारीमा मन्त्रालयबाट बाहिरिएका हुन् । आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण […]

रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा

काठमाडाैं ।  नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन् । अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उनले यस्तो सरकार अन्तर्गत पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिएकाे घोषणा […] The post रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दिए राजीनामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । आचरणविपरीत काम गरेको भन्दै साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेपछि भट्टराईले पदबाट राजीनामा दिएका हुन् ।

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूमाथि सरकारी पक्षबाटै असान्दर्भिक टिका–टिप्पणी आरोप लगाउने कार्य भएको भन्दै उनले राजीनामा दिएको जनाएका हुन् । पछिल्लो समय भौतिक...

आफू हटे रेल नचल्ने भनेर सरकारलाई 'च्यालेन्ज' दिएका गुरु भट्टराईले दिए राजीनामा

काठमाडौं : नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले राजीनामा दिएका छन्। बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उनले राजीनामा पत्र बुझाएका हुन्। सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम आइतबार उनलाई तीन दिनभित्र जवाफ पेश गर्ने गरी मन्त्रालयले लिखित स्पष्टीकरणमा मागेको थियो।  भट्टराईले सोमवार पत्रकार सम्मेलन गर्दै लिखित…

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

काठमाडौँ । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको जालमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् । आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको […]

गंगटे सरकारको सहयात्री नबन्ने भन्दै रेलवे कम्पनीका महाप्रबन्धकको राजीनामा

काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् । भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा विकासविरोधी भएकाले यो सरकारसँग काम गर्न नसक्ने बताएका छन् । विभिन्न अवाञ्छित स्वार्थहरूको […]

सरकारले सोधेको स्पष्टीकरण नदिने महाप्रबन्धक भट्टराईको घोषणा

काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले सरकारले सोधेको स्पष्टीकरण नदिने घोषणा गरेका छन् । महाप्रबन्धकको हैसियतमा काम गर्न नसकेको, सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रूपमा सरकार र पदाधिकारीहरूको आलोचना गरेको भन्दै सरकारले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । भट्टराईले सोमवार पत्रकार सम्मेलन गर्दै स्पष्टीकरण नदिने उद्घोष गरेका हुन् । शून्य अवस्थामा रहेको रेलवे कम्पनीलाई सञ्चालन उन्मुख गराएको भन्दै उनले सरकारले सोधेको स्पष्टीकरण नदिने बरु राजीनामा दिने मनस्थिति बनाएका छन् । राजनीतिक स्पष्टीकरण सोधिएको भन्दै उनले आफू सरकारकै कर्मचारी भएकाले स्पष्टीकरण दिन नमिल्ने जिकिर गरे । सरकारले आफूलाई पदबाट हटाउन स्पष्टीकरणको बहाना बनाएको प्रतिक्रिया उनले दिए । मन्त्रिपरिषद्को १९ गतेको बैठकले पनि उनलाई ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड–२०७७’ को दफा ९ को खण्ड (घ) अनुसार खराब आचरण वा इमानदारीपूर्वक पदीय जिम्मेवारी अनुरूप काम नगरेकोे आधारमा तपाईंलाई महाप्रबन्धक पदबाट किन नहटाउने ?’ भनी सफाइ पेश गर्न निर्देशन दिएको थियो । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई आइतवार ३ दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्राचार गरेको थियो । सोहीअनुसार उनले मंगलवार स्पष्टीकरण दिनुपर्नेमा सोमवार नै पत्रकार सम्मेलन गरी स्पष्टीकरण नदिने बताएका छन् । मन्त्रिपरिषद्ले सम्मानित अदालतका कामकारबाही र आदेश वा फैसलाहरूको अमर्यादित टीकाटिप्पणी गर्ने, राजनीतिक दल र त्यसका पदाधिकारीलाई अशोभनीय गालीगलौजको शैलीमा टिप्पणी गर्ने गरेको भन्दै भट्टराईलाई स्पष्टीकरण सोधेको हो । उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले उक्त कम्पनीमा महाप्रबन्धकको रूपमा गतवर्ष नियुक्त गरेको थियो ।