वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। पौडेलसँग यसअघि मन्त्रालयले स्पष्टीकरण मागेको थियो। निगमको हितविपरीत काम गरेको भन्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा बोलाएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको […]

सम्बन्धित सामग्री

नेपाल एयरलाइन्समा महाप्रबन्धक अधिकारविहीन, के गर्छन् पौडेल ?

१४ कात्तिक, काठमाडौं । सरकारले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेसँगै महाप्रबन्धक डिमप्रसाद पौडेल अधिकारविहीन भएका छन् । २०७७ असोज २७ गतेदेखि ४ वर्षका लागि नियुक्त भएका महाप्रबन्धक पौडेलले कार्यकारी अधिकार प्रयोग गर्दै आएकामा कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकले महाप्रबन्धकको अधिकारसमेत प्रयोग गर्ने गरी कार्यकारी अध्यक्ष नियुक्त […]

वायु सेवा निगमको कार्यालय तनावग्रस्त,आन्दोलनरत कर्मचारीद्वारा नाराबाजी

नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालय, सुन्धारा तनावग्रस्त भएको छ । गत मंगलबारदेखि चरणवद्ध आन्दोलनमा उत्रिएका निगमका कर्मचारीहरु निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलको विरुद्धमा नाराबाजीमा उत्रिएपछि केन्द्रीय कार्यालय तनावग्रस्त बनेको हो । यतिखेर निगमका आन्दोलित ट्रेड युनियन सम्वद्ध कर्मचारीले निगमको कार्यालयभित्रै नाराबाजी, जुलुस जारी राखिएको नेपाल वायु सेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले रातोपाटीलाई जानकारी दिए ।  निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म र नालायक म

‘महाप्रबन्धक पौडेलको बर्खास्ती नभएसम्म आन्दोलन रोक्दैनौँ’

आन्दोलनरत नेपाल वायुसेवा निगमका संयुक्त युनियन कर्मचारी संघले महाप्रबन्धक डिमप्रसाद पौडेलको बर्खास्ती नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।  राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगम जस्तो इतिहास बोकेको राष्ट्रिय गौरवको संस्थाको चाबी निजी (हवाई माफिया) लाई बुझाउन खोज्ने दलाल महाप्रबन्धकको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने उनीह...

‘वायु सेवा निगम निजीकरण हुँदैन’

नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने कुनै निर्णय नभएको महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निगममा रणनीतिक साझेदार भिœयाउन अर्थ मन्त्रालयमा गरिएको प्रस्तावअनुसार निगमलाई निजीकरणमा लैजाने भन्ने चर्चाको खण्डन गर्दै उहाँले सञ्चालक समितिले त्यस्तो कुनै निर्णय नगरेको स्पष्ट पार्नुभयो । “रणनीतिक साझेदार भिœयाउन कम्पनी मोडलमा जानुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “त्यसको अर्थ निगममा व्यापारी ल्याउने भन्ने होइन । ” निगमको संरचनात्मक परिवर्तन गर्दै उड्डयन

अति आवश्यक ढुवानीमा निगमको सक्रियता

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाएको छ ।      कोभिड–१९ को अहिलेको महामारीमा विगतभन्दा यो वर्ष निगमले मेडिकल चार्टर्ड उडान तुलनात्मक रूपमा धेरै गरेको छ । अहिले दैनिक रूपमै निगमले विभिन्न मुलुकबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । आवश्यक स्वास्थ्य पूर्वाधार अभावमा भविष्यमा महामारीको स्वरूपको पूर्वानुमानसमेत गर्न नसक्ने स्थिति छ । यही परिस्थितिको आकलन गर्दै नेपालका कोरोनाबाट प्रभावित नागरिकको संख्या एवं विद्यमान पूर्वाधारलाई दृष्टिगत गर्दै चीनले उपलब्ध गराएको खाली अक्सिजन सिलिन्डर, अक्सिजन कन्सर्नट्रेटरलगायत स्वास्थ्य सामग्री, भारत र चीनले उपलब्ध गराएका कोरोनाविरुद्धको खोपजस्त राज्यका लागि अति आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता आफैंमा प्रसंशनीय रहेको छ ।      निगमले चीनको बेइजिङबाट हाल पाँच उडान गरी जम्मा दुई हजार तीन सय ३५ खाली अक्सिजन सिलिन्डर, अक्सिजन कन्सर्नट्रेटरलगायत स्वास्थ्य सामग्री मे १९ तारिखसम्म काठमाडौं ल्याउँदै छ भने हालै ओमनबाट अक्सिजन सिलिन्डर तथा औषधीजन्य सामग्रीसहित एक नेपालीको समेत उद्धार गरी ल्याएको छ ।      निगमका निर्देशक एवं प्रवक्ता करिश्मा श्रेष्ठसँग आगामी चार्टर्ड उडानको सम्बन्धमा जिज्ञासा राख्दा उनले भनिन्, ‘निगमले पर्यटन मन्त्रालयको प्रत्यक्ष निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा काम गर्दै आएको छ । सोही क्रममा सिंगापुरबाट मे २२ मा स्वास्थ्य सामग्री ल्याउने तयारीमा जुटेको छ ।’ उनका अनुसार सिंगापुरस्थित टेमसेक फाउन्डेसनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा निगमको जहाजबाट बिहान उडान गर्ने र सोही दिन साँझ काठमाडौं स्वास्थ्य सामग्री ल्याउने गृहकार्य गरिरहेको छ । निगमले भारतका नागरिकका लागि मात्र भारतीय दूतावासको सिफारिसका आधारमा मे १८ देखि २२ सम्म साउदी अरेबियामा सात वटा उडान गर्नेछ । भारतीय नागरिक अन्तर्राष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जान नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाए पनि ती भारतीय अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पु¥याउन क्यानले १० उडान अनुमति दिएको छ । यसमा निगमको सात र तीन उडान हिमालय एयरलाइन्सले गर्नेछ ।      सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवं भारतीय दूतावासको समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीय नागरिकको हकमा निगमद्वारा उपलब्ध गराएको टिकटको आधारमा पाँच वटा उडान साउदीको रियाद र दुई वटा दमामका लागि निर्धारण गरेको छ । उच्च सक्रियताकै कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।      निगमका सह–प्रवक्ता सुलेख मिश्रले निगमले मुनाफासहितको सुरक्षित सेवा र दैवीप्रकोपको हकमा ऐनअनुसार सेवा प्रदान गर्दै आएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहितका टिम सक्रिय रहेको पछिल्लो परिणाम विदेशी कूटनीतिक नियोगले समेत व्यावसायिक सम्मान दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनका अनुसार निगमले चीनको सेनजेनमा यही मे १९ मा मेडिकल चार्टर्ड उडान गरी सोही दिन फर्किने तयारीमा जुटेको छ । निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी जम्मा चार जहाज अन्तर्राष्ट्रिय उडानका लागि भए पनि व्यावसायिक र आवश्यकताको तुलनामा जहाजको संख्या कम रहेको छ । रासस

नेपाल एयरलाइन्सको जापानमा चौथो चार्टर्ड उडान

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले निगमको बाइडबडी जहाज चार्टर्ड गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे निगमको वाइडबडी जहाज नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान गर्ने तालिका रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । बन्दाबन्दीमा निगमको नारिताका लागि यो चौथोपटकको चार्टर्ड उडान हो । यसअघि जेठ ९ गते निगमको वाइडबडी जहाजले १९७ नेपालीसहित जम्मा २६८ यात्रु लिएर वाइडबडी जहाज नारिता गएको थियो । जसमध्ये १९७ नेपाली छन् । उनीहरु जापानमा बसोबास गर्छन् ।

८ हजार डलरमा चिनियाँ पाइलट ल्याउँदै नेपाल वायु सेवा निगम

राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगम (नेवानि)ले वाई १२ सिरिजका जहाज उडानका लागि तीन चिनियाँ पाइलट ल्याउने भएको छ। यी जहाज उडाउन मासिक प्रतिपाइलट आठ हजार डलर तबल दिने गरी तीनजना पाइलट ल्याउन लागिएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जनाकारी दिए। अन्नपूर्ण दैनिकमा समाचार प्रकाशित छ। ‘चिनियाँ पाइलट ल्याउने प्रक्रिया लगभग पूरा भइसकेको छ’, कंसारकारले भने,…