इलाम : एपिएफ क्लबका पूर्व खेलाडी एवं प्रशिक्षक नरकुमार राईकी क्यान्सर पीडित छोरी कसुमीको उपचारका लागि सशस्त्र प्रहरी बलले तीन लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित विभिन्न बाहिनी, गण र सांस्कृतिक शाखाबाट गरी तीन लाख १८ हजार २० रुपैयाँ सहयोग प्राप्त भएको नरकुमार राईले बताए। ...