गेटा मेडिकल कलेज सञ्चालनबारे अन्योलता हट्यो, शिक्षा मन्त्रालय मातहतमा रहने

सुदूरपश्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना रहेको गेटा मेडिकल कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत सञ्चालनमा ल्याइने भएको छ । भौतिक संरचना अन्तिम चरणमा रहेको सो मेडिकल कलेजको प्रारुपबारे टुङ्गो लाग्दा सञ्चालनमा अन्यौलता रहेको थियो ।आइतबार संघिय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम विश्वविद्यालय मातहत रहने गरी मेडिकल कलेज सञ्चालनमा ल्याइने बताएसँगै अब कलेज सो मन्त्रालय मातहत रहने भएको हो । ‘सेती र महाकाली प्रादेशिक अस्पतालको सम

सम्बन्धित सामग्री

स्थानीयको विद्रोहले ठडिएको गेटा मेडिकल कलेज ५० शय्यामा सीमित

आफ्नै प्रदेशमा मेडिकल शिक्षा अध्यापन गर्ने र ६ सय शय्याको अस्पतालबाट स्तरीय स्वास्थ्य सेवा पाउने आशा बोकेका सुदूरपश्चिमवासी ५० शय्याको अस्पतालमा चित्त बुझाइरहेका छन् । गेटामा ५० शय्याको अस्पताल सञ्चालन भएको बिहीबार मात्रै वर्ष दिन पुगेको छ ।

गेटा मेडिकल कलेज : अर्बौंका भवन ठडिए, सञ्चालनको टुंगो छैन

९ असोज, काठमाडौं । असार ४ मा धनगढी आएका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनभित्रै मन्त्रिपरिषद् बैठकले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा सञ्चालन अनुमति दिने बताउँदै सुदूरपश्चिमका जनतालाई आश्वस्त पारेका थिए । चिकित्सा शिक्षा सुधार अभियानका क्रममा १९औं पटक आमरण अनसन गरिसकेका डा. गोविन्द केसीले यसअघिका प्रतिबद्धता पुरा गर्न सरकारलाई बारम्वार अल्टिमेटम दिइरहेको समय थियो त्यो […]

गेटामा निर्देशक खटिए, मेडिकल कलेज सञ्चालनमा सरकारी चासाे

धनगढी : संघीय मन्त्रिपरिषद् बैठकले गत चैतमा प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनका लागि अस्पताल निर्देशक तोक्ने निर्णय गरेको थियो।सोही निर्णयका आधारमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर प्रमोद जोशीलाई मेडिकल कलेजको अस्पताल निर्देशकका रुपमा सरुवा गरेको छ।संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण थालेका संरचनामा उपकरण जडान, जनशक्ति व्यवस्थापन तथा सञ्चालनका लागि जोशीलाई निर्देशकको जिम्मेवारी दिइएको हो। मेडिकल कलेज पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले उक्त सम

गेटा मेडिकल कलेज बाहिर विरोधकै लागि विरामी चेकजाँच

कैलाली । धनगढीमा प्रस्तावित गेटा मेडिकल कलेजमा अस्पताल सञ्चालन र चिकित्सा शिक्षा अध्यापनको माग गर्दै कैलालीमा दैनिक आन्दोलन भइरहेका छन् । धनगढीबाट एक समूह र गोदावरीबाट अर्को समूहले संयुक्त रुपमा आन्दोलन गर्दे आएका छन् । गेटा मेडिकल कलेजको अस्पताल भवन बाहिर विरोधस्वरुप बिरामी चेकजाँच भइरहेको छ । धनगढी र गोदावरीका दुवै समूहले संयुक्त रुपमा स्वास्थ्यकर्मीसहित […]

गेटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको तयारी

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो ।

मेडिकल कलेजमा ३०० शैय्याको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने

काठमाडौं : सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० शैय्याको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पुर्‍याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दशकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए। गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ। यसै आर्थिक वर्षमा ३०० शैय्याको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र श

धनगढीको गेटामा यसै वर्षदेखि तीन सय श्ययाको अस्पताल सुरु हुने

सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० श्ययाको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दचकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए ।गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ । यसै आर्थिक वर्षमा ३०० श्ययाको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई य

गेटा मेडिकल कलेज सञ्चालन गराउन आन्दोलन चर्किंदै

धनगढी : कैलालीको गेटा मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ। २०७३।०७४ सालदेखि गेटामा कलेज निर्माण थालिएकोमा काम अन्तिम चरणमा पुगेको हो। पूर्वाधार निर्माणको महत्त्वपूर्ण काम सकिएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका निर्देशक हेमराज पुजाराले बताए।उनका अनुसार चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत पूरा भएको छ। ‘पूर्ण आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको हो’, उनले भने।अस्पताल र मेडिकल शिक्षा अध्ययनका लागि निर्माण थालिएको मेडिकल कलेजको पूर्वाधार निर्म

कानून नबन्दा अझै सञ्चालनमा आएन ‘गेटा मेडिकल कलेज’

पुस १५, कैलाली । ऐन कानून बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ ।  ऐनको अभावमा कलेजलाई कुन प्रारुपमा सञ्चालन भन्नेमा टुंगो लाग्न नसकेर अन्योल देखिएको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए ।  ‘कसैबाट पनि ऐन कानून बनाउन ‘लबिङ’ भएको नदेखिँदा जनताले अपेक्षा गरेको समयभित्रै कलेज सञ्चालन हुने अवस्था देखिँदैन’, उनले भने, ‘ऐन ल्याउने कुरा सरकार र संसद्सँग जोडिएकाले त्यसका लागि अहिलेसम्म पहल भएको देखिएको छैन ।’   गत वर्ष दुईपटक विघटन भई पुनःस्थापित प्रतिनिधिसभाले हाल पनि निर्वाधरुपमा काम गर्न नसकिरहेका अवस्थामा कलेज सञ्चालनका लागि चाहिने कानून निर्माणको विषय ओझेलमा परेको जानकारी दिइएको छ ।  उनले अहिलेसम्म कलेज सञ्चालनसम्बन्धी विधेयकको मस्यौदासम्म पनि तयार हुन नसकेको अवस्थामा कलेज सञ्चालन हुन अझै डेढ दुई वर्ष पर्खिनुपर्ने देखिएको बताउँछन् । कलेजलाई एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान, मेडिकल कलेज वा विश्वविद्यालयमध्ये कुनै एक प्रारुपमा सञ्चालन गर्न सकिने बताइएको छ ।  ऐन कानून बनिसकेपछि पनि कलेजमा स्वास्थ्यसम्बन्धी उपकरण र प्राविधिक जनशक्ति लगायतको व्यवस्थापन जस्ता काम गर्न समय लाग्ने देखिएको छ ।  सरकारको प्राथमिकता प्राप्त आयोजना गेटा मेडिकल कलेज निर्माणस्थलमा निर्माण गर्नुपर्ने ३६ भन्दाबढी भवन संरचनामध्ये २९ ओटाको निर्माण पूरा भइसकेको छ । थप केही संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । अस्पताल, कलेज, छात्राबास, आवास भवनका अलावा अक्सिजन प्लान्ट, कुरुवा घर, लास घर, जस्ता संरचनाको निर्माण पूरा भइसकेको छ । भवनमा फर्निचर, पानी, विद्युतीकरण र फोहर व्यवस्थापनको काम भइरहेको छ ।  कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलव आठ हेक्टर जग्गामा रहेका रुख कटानीका लागि भएको ढिलाइ लगायतका कारणले शुरुको अवस्थामा कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको काम अघि बढाउन ढिलाइ भएको थियो ।   कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै ६ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ । मुक्तकमैयालाई अन्यत्र पुनःस्थापना गरी उक्त जग्गामा मेडिकल कलेजको ट्रमा सेन्टर बनाउने योजना छ । तर उनीहरुलाई अन्यत्र पुनःस्थापना गराउनसमेत पहल नहुँदा ट्रमा सेन्टरको योजना अलपत्र परेको छ । कलेजका संरचनाको निर्माण पूरा भएसँगै आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने आशा भने स्थानीयवासीमा जागेको छ । स्थानीय तीर्थराज ओझा कलेज सञ्चालन हुन सकेमा आफ्नै ठाउँमा मेडिकल शिक्षा पढ्न चाहने स्थानीयवासीको सपना पूरा हुने भई मेडिकल शिक्षामै ठूलो फड्को मार्ने बताउँछन् । ‘यसले मेडिकल पढ्नेमात्र नभई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा समेत योगदान पु¥याउने आशा छ’, ओझाले भने, ‘कलेज सञ्चालनमा आउँदा यस क्षेत्रको आर्थिक गतिविधि र रोजगारी सिर्जनामा समेत ठूलो टेवा पुग्नेछ ।’ नेपालमा छात्रवृत्ति पाउने सीमित व्यक्तिले मात्र मेडिकल शिक्षा पढ्न पाउने गरेका छन् । कतिपय व्यक्ति आफ्नै खर्चमा मेडिकल पढ्न विदेश जानुपर्ने बाध्यता छ । मेडिकल कलेज निर्माण शुरु गरिँदा रू. आठ अर्ब ३४ करोड लागत अनुमान रहेको थियो ।  यो आयोजनाको गुरुयोजना अध्यावधिक हुँदा निर्माणको लागत अनुमान बढ्ने जनाइएको छ । अहिलेसम्म भौतिक संरचना निर्माणमा रू. चार अर्ब ५० करोड खर्च भइसकेको छ ।  शुरुका वर्षमा कलेजका संरचना निर्माणको प्रक्रिया अघि बढाउँदा उत्पन्न बाधा अवरोध र देखिएको झन्झटिलो प्रक्रियाका कारण कलेज स्थापना हुने नहुनेमा अन्योल देखिएको पनि थियो । सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । भौतिक संरचना निर्माणको काम भने विसं २०७४ देखि मात्र शुरु भएको थियो ।  यो कलेज ६०० शय्याको निर्माण गर्ने लक्ष्य छ । कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्र कुमार कम्पनी, लुम्बिनी कुमार केएस् र रविना कन्ट्रक्सन प्राली संलग्न छन् । रासस