कानून नबन्दा अझै सञ्चालनमा आएन ‘गेटा मेडिकल कलेज’

पुस १५, कैलाली । ऐन कानून बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ ।  ऐनको अभावमा कलेजलाई कुन प्रारुपमा सञ्चालन भन्नेमा टुंगो लाग्न नसकेर अन्योल देखिएको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए ।  ‘कसैबाट पनि ऐन कानून बनाउन ‘लबिङ’ भएको नदेखिँदा जनताले अपेक्षा गरेको समयभित्रै कलेज सञ्चालन हुने अवस्था देखिँदैन’, उनले भने, ‘ऐन ल्याउने कुरा सरकार र संसद्सँग जोडिएकाले त्यसका लागि अहिलेसम्म पहल भएको देखिएको छैन ।’   गत वर्ष दुईपटक विघटन भई पुनःस्थापित प्रतिनिधिसभाले हाल पनि निर्वाधरुपमा काम गर्न नसकिरहेका अवस्थामा कलेज सञ्चालनका लागि चाहिने कानून निर्माणको विषय ओझेलमा परेको जानकारी दिइएको छ ।  उनले अहिलेसम्म कलेज सञ्चालनसम्बन्धी विधेयकको मस्यौदासम्म पनि तयार हुन नसकेको अवस्थामा कलेज सञ्चालन हुन अझै डेढ दुई वर्ष पर्खिनुपर्ने देखिएको बताउँछन् । कलेजलाई एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान, मेडिकल कलेज वा विश्वविद्यालयमध्ये कुनै एक प्रारुपमा सञ्चालन गर्न सकिने बताइएको छ ।  ऐन कानून बनिसकेपछि पनि कलेजमा स्वास्थ्यसम्बन्धी उपकरण र प्राविधिक जनशक्ति लगायतको व्यवस्थापन जस्ता काम गर्न समय लाग्ने देखिएको छ ।  सरकारको प्राथमिकता प्राप्त आयोजना गेटा मेडिकल कलेज निर्माणस्थलमा निर्माण गर्नुपर्ने ३६ भन्दाबढी भवन संरचनामध्ये २९ ओटाको निर्माण पूरा भइसकेको छ । थप केही संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । अस्पताल, कलेज, छात्राबास, आवास भवनका अलावा अक्सिजन प्लान्ट, कुरुवा घर, लास घर, जस्ता संरचनाको निर्माण पूरा भइसकेको छ । भवनमा फर्निचर, पानी, विद्युतीकरण र फोहर व्यवस्थापनको काम भइरहेको छ ।  कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलव आठ हेक्टर जग्गामा रहेका रुख कटानीका लागि भएको ढिलाइ लगायतका कारणले शुरुको अवस्थामा कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको काम अघि बढाउन ढिलाइ भएको थियो ।   कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै ६ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ । मुक्तकमैयालाई अन्यत्र पुनःस्थापना गरी उक्त जग्गामा मेडिकल कलेजको ट्रमा सेन्टर बनाउने योजना छ । तर उनीहरुलाई अन्यत्र पुनःस्थापना गराउनसमेत पहल नहुँदा ट्रमा सेन्टरको योजना अलपत्र परेको छ । कलेजका संरचनाको निर्माण पूरा भएसँगै आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने आशा भने स्थानीयवासीमा जागेको छ । स्थानीय तीर्थराज ओझा कलेज सञ्चालन हुन सकेमा आफ्नै ठाउँमा मेडिकल शिक्षा पढ्न चाहने स्थानीयवासीको सपना पूरा हुने भई मेडिकल शिक्षामै ठूलो फड्को मार्ने बताउँछन् । ‘यसले मेडिकल पढ्नेमात्र नभई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा समेत योगदान पु¥याउने आशा छ’, ओझाले भने, ‘कलेज सञ्चालनमा आउँदा यस क्षेत्रको आर्थिक गतिविधि र रोजगारी सिर्जनामा समेत ठूलो टेवा पुग्नेछ ।’ नेपालमा छात्रवृत्ति पाउने सीमित व्यक्तिले मात्र मेडिकल शिक्षा पढ्न पाउने गरेका छन् । कतिपय व्यक्ति आफ्नै खर्चमा मेडिकल पढ्न विदेश जानुपर्ने बाध्यता छ । मेडिकल कलेज निर्माण शुरु गरिँदा रू. आठ अर्ब ३४ करोड लागत अनुमान रहेको थियो ।  यो आयोजनाको गुरुयोजना अध्यावधिक हुँदा निर्माणको लागत अनुमान बढ्ने जनाइएको छ । अहिलेसम्म भौतिक संरचना निर्माणमा रू. चार अर्ब ५० करोड खर्च भइसकेको छ ।  शुरुका वर्षमा कलेजका संरचना निर्माणको प्रक्रिया अघि बढाउँदा उत्पन्न बाधा अवरोध र देखिएको झन्झटिलो प्रक्रियाका कारण कलेज स्थापना हुने नहुनेमा अन्योल देखिएको पनि थियो । सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । भौतिक संरचना निर्माणको काम भने विसं २०७४ देखि मात्र शुरु भएको थियो ।  यो कलेज ६०० शय्याको निर्माण गर्ने लक्ष्य छ । कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्र कुमार कम्पनी, लुम्बिनी कुमार केएस् र रविना कन्ट्रक्सन प्राली संलग्न छन् । रासस

सम्बन्धित सामग्री

सेती र महाकाली अस्पतालको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन हुने

दूरपश्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना रहेको गेटा मेडिकल कलेज सेती र महाकाली प्रादेशिक अस्पतालको सहकार्यमा सञ्चालनमा आउने भएको छ।

सेती र महाकाली अस्पतालसँगको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन गरिने

काठमाडौँ – सरकारले सेती र महाकाली अस्पतालसँगको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन गर्ने भएको छ। आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सेती र महाकाली अस्पतालसँगको सहकार्यमा कलेज सञ्चालन गरिने बताएका हुन्।

गेटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको तयारी

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो ।

गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग

राष्ट्रियसभाका सांसदले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्।

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै हस्ताक्षर अभियान

धनगढी – कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । पूर्वाधार निर्माणको काम ९० प्रतिशत पुरा भइसक्दा समेत मेडिकल कलेज सञ्चालनका लागि सरकारले कुनै योजना नल्याएको भन्दै नागरिक समाज, राजनीतिक दल तथा अन्य सरोकारवाला निकायले धनगढीमा हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् ।  सरकारले मंगलबार सार्वजनिक गरेको नीति […]

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै आन्दोलन

धनगढी-नेपाल सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालनको विषय नसमेटिएको भन्दै कैलालीमा आन्दोलन चर्किएको छ । संघीय संसद्मा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सो कलेजको विषय नपरेपछि जिल्लामा नागरिकहरुले आन्दोलन गर्न थालेका छन् ।गोदावरी नगरपालिकामा गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै बुधबार आधा घण्टा चक्काजाम गर्नुका […]

गेटा मेडिकल कलेज संचालनको माग गर्दै चक्काजाम

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज संचालनको माग गर्दै अत्तरियामा चक्काजाम गरिएको छ । अत्तरियामा स्वस्फूर्त युवाहरूको समूहले चक्काजाम गरेका हुन् ।चक्काजाम आधा घण्टा जारी रहने बन्दकर्ताले जनाएका छन ।

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै चक्काजाम

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै अत्तरियामा चक्काजाम गरिएको छ ।अत्तरियामा स्वतस्फूर्त युवाहरूको समूहले चक्काजाम गरेका हुन् । चक्काजाम आधा घण्टा जारी रहने बन्दकर्ताले जनाएका छन् ।

गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सुझाव दिन समिति गठन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनगढीस्थित गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सुझाव दिन समिति गठन गरेको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चेतराज पन्तको संयोजकत्वमा समिति गठन गरेका हुन्।