काठमाडौं : सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० शैय्याको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दशकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए। गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ। यसै आर्थिक वर्षमा ३०० शैय्याको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र श