गेटा अस्पतालमा ब्रेकथ्रू: शिक्षा मन्त्रालयले गर्‍यो अस्पतालसँग सम्बन्धित भवन हस्तान्तरण

गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले आइतबार अस्पतालका निर्देशक डा विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका हुन्। भवन हस्तान्तरण कार्यक्रमपछि डा सापकोटाले अस्पतालको सेवा विस्तारका लागि यो निकै ठूलो सफलता भएको बताए।

सम्बन्धित सामग्री

पूर्ण सञ्जीवनी लङ्खनामाईलाई वार्षिकोत्सवमा नयाँ भवन

काभ्रे। पूर्ण सञ्जीवनी लङ्खनामाई माध्यमिक विद्यालयको ६२ औँ वार्षिक उत्सव तथा भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले उक्त कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । सबैका लागि स्वास्थ्य र शिक्षा भन्ने संस्थाले निर्माण गरिदिएको चार कोठे पक्की भवनको नगर प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भयो । संस्थाका अध्यक्ष नारायण अधिकारीले उक्त […]

पशुपति शिक्षा मन्दिरको विद्यालय भवन निर्माण

नवलपरासी– सुस्ता गाउँपालिका ३ स्थित पशुपति शिक्षा मन्दिरको नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्वली सेड तथा तीन शौचालय सहितको सुविधा सम्पन्न आधुनिक भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।  नवनिर्मित भवन युनिभर्सिटी अफ स्ट्रटक्लाड, ग्लास्गो, स्कटल्याण्डको एक लाख पाउण्डको आर्थिक सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिडटाउनले निर्माण गरेको […]

पशुपति शिक्षा मन्दिरलाई आधुनिक भवन हस्तान्तरण

फेनहरा, सुस्ता गाउँपालिका ३ स्थित श्री पशुपति शिक्षा मन्दिरमा नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्ब्ली सेड तथा तीन शौचालयसहितको सुविधा सम्पन्न आधुनिक विद्यालय सोमबार भवन...

चापागाउँको वाणी विलास विद्यालयलाई रत्न महर्जनले दिए एक लाख रुपैयाँ

न्युज अफ नेपाल, ललितपुर । चापागाँउस्थित वाणी विलास विद्यालयमा आफ्ना बाबुआमाको नाममा छात्रवृत्ति कोष स्थापनाका लागि स्थानीय रत्न महर्जनले एक लाख रुपैयाँको प्रदान गरेका छन् । विद्यालय परिसरमा आयोजित भवन हस्तान्तरण तथा ४०औं अभिभावक दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा महर्जनले शिक्षा मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा अक्षयकोष स्थापनाका लागि रकम दिएका हुन् । आर्थिक अवस्था कमजोर विद्यार्थीहरूले […]

बागलुङमा १७९ ओटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न

वैशाख १४, बागलुङ । बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा विसं २०७२ को भूकम्पबाट क्षति पुगेका १७९ विद्यालय भवनको पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जानकारी दिएको छ ।  भूकम्प गएको ६ वर्ष बितिसक्दा विद्यालय पुनर्निर्माणले अन्तिम रुप लिन थालेको छ । बागलुङमा भूकम्पले भत्काएका करीब सबै विद्यालय पुनर्निर्माण भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनर्निर्माणमा तदारुकता दिएपछि विद्यालय भवन ठडिएका हुन् । बागलुङमा पुनर्निर्माण कार्यालय (शिक्षा) स्थापना भएपछि आव २०७३/७४ मा १४, २०७४/७५ मा १४, २०७५/७६ पहिलो चरणमा ४०, दोस्रो चरणमा ३८, २०७६/७७ को पहिलो चरणमा आठ, दोस्रो चरणमा ६५ ओटा विद्यालय पुनर्निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख मतिलाल चपाईंले जानकारी दिए ।  आव २०७६/७७ को दोस्रो चरणका विद्यालयको भौतिक प्रगति ८० प्रतिशत पुगेको र यसअघिका सबै विद्यालय निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ ।  ‘अन्तिम चरणका केही भवन हस्तान्तरण हुन बाँकी रहेको र केही भवन दुर्गमका हिसाबले ढिलागरी निर्माण भइरहेकाले केही प्रतिशत बाहेक १७९ विद्यालय पुनर्निर्माण भइसकेको छ’, चपाईंले भने, ‘अब विद्यालयको पुनर्निर्माण लगभग सकिएको छ, सरकारले अब बन्ने विद्यालयको जिम्मा स्थानीय तहलाई दिने माथिको कार्यविधि छ ।’ बन्दाबन्दीमा भवन निर्माणले गति लिएपछि भौतिक प्रगति सन्तोषजक देखिएको छ ।  यसैगरी प्राधिकरणले आव २०७५/७५ को दोस्रो चरणमा २५, २०७६/७७ को पहिलो चरणमा आठ र ६ खानेपानी आयोजना र २०७६/७७ को दोस्रो चरणमा २५ शौचालय र २५ ओटा खानेपानी आयोजना निर्माणधीन अवस्थामा रहेको तथा यसको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ ।  बागलुङमा निर्माण भएका १७९ विद्यालयमा ८२ ओटा चार कोठे, २९ ओटा तीन कोठे र ६८ ओटा दुई कोठे विद्यालय निर्माण गरिएको हो । भूकम्पले क्षति पुर्‍याएका २१५ विद्यालय मध्येबाट दुर्गम, विद्यार्थी संख्या तथा मौजुदा भवनको अवस्था हेरेर नयाँ भवन निर्माण गरिएको हो ।  प्राधिकरण शिक्षाका इञ्जिनीयर रामानन्द देवका अनुसार चार कोठे भवनका लागि रू. ७० लाख ४० हजार, तीन कोठे भवन निर्माणका लागि रू. ३५ लाख ७० हजार, दुई कोठे भवन निर्माणका लागि रू. २३ लाख ९० हजार, शौचालय निर्माणका लागि रू. १५ लाख र खानेपानी आयोजनाका लागि सात लाख बजेट विनियोजन हुँदै आएको छ । भौगोलिक अवस्था तथा ढुवानी खर्च हेरेर केही बजेटमा हेरफेर पर्न सक्ने एकाइले जानकारी दिएको छ । रासस

चन्द्रकोट क्याम्पस भवन हस्तान्तरण

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा भारतीय दुतावासको सहयोगमा निर्माण भएको चन्द्रकोट क्याम्पसको भवन हस्तान्तरण गरिएको छ । भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्माले क्याम्पस भवन हस्तान्तरण गरेका हुन् । कमजोर आर्थिक अवस्थाका कारण पाल्पा, बुटवल, काठमाडौंलगायतका शहरमा उच्च शिक्षा हासिल गर्न असमर्थ विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यापन गराउने उद्देश्यले स्थानीयको पहललमा सन् २००८ मा चन्द्रकोट क्याम्पस स्थापना भएको हो ।

२०५ विद्यालय भवन हस्तान्तरण

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेले विद्यालय भवन निर्माणलाई तीव्रता दिनका साथै निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तारण कार्यलाई पनि उत्तिकै प्राथमकिता दिँदै आएको छ ।