१० वर्षमा बाढीबाट १७ अर्ब क्षति

१० वर्षको अवधिमा मुलुकभर बाढीबाट करिब १७ अर्बको वित्तीय क्षति भएको छ ।मनसुनको समयमा आएको बाढीले वि.सं. २०६८ देखि गत जेठसम्मको अवधिमा भौतिक संरचना, सडक, पुल, घर, गोठ, भत्काउँदा सो क्षति भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बाढीको कारण भौतिक संरचनासहितको क्षतिबाट १७ अर्ब बराबरको नोक्सान भएको छ ।प्राधिकरणका अनुसार […]

सम्बन्धित सामग्री

आगलागीबाट पाँच वर्षमा साढे नौ अर्बको क्षति

आगलागीका कारण पछिल्लो पाँच वर्षमा रु साढे नौ अर्ब बराबरको क्षति भएको छ।

आगलागीबाट पाँच वर्षमा साढे नौ अर्बको क्षति

आगलागीका कारण पछिल्लो पाँच वर्षमा रु साढे नौ अर्ब बराबरको क्षति भएको छ।

एक वर्षमा विपदबाट एक अर्ब २३ करोडको क्षति

सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरुबाट एक अर्ब २३ करोड रुपियाँ बराबरको क्षति भएको जनाएको छ ।

चार वर्षमा लक्ष्यभन्दा साढे १६ अर्ब कम आम्दानी

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्ला चार वर्षमा आम्दानीको लक्ष्य हासिल गर्न नसकेको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ यताको चार वर्षमा प्राधिकरणले अनुमानित लक्ष्यभन्दा १६ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ कम आम्दानी गरेको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ यता लक्ष्य अनुसार आम्दानी गर्न नसकेको बताएको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा १४ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । प्राधिकरणको सो वर्षको वास्तविक आम्दानी लक्ष्यभन्दा ९२ करोड ७१ लाख रुपैयाँले कम छ ।  प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ यताका हरेक वर्ष आम्दानी लक्ष्य बढाउँदै लगेको देखिन्छ । उक्त लक्ष्य हासिल गर्न भने सकेको छैन । प्रत्येक वर्ष १० प्रतिशतका दरले आम्दानी वृद्धि हुने भएकाले सोही अनुपातमा आयको लक्ष्य राखिएको प्राधिकरणको भनाइ छ । तर, कोभिड–१९ को असरबाट लक्ष्य प्रभावित भएको दाबी प्राधिकरणको छ ।  कोभिड–१९ का कारण २०७६ चैत ११ देखि बन्दाबन्दी भई हवाई आवागमन ठप्प रहेको, आन्तरिकदेखि अन्तरराष्ट्रिय विमानस्थल निर्माण समयमै सम्पन्न हुन नसकी ‘टाइम भ्यालू अफ मनी’मा क्षति भएको र अन्तरराष्ट्रिय हवाइ आवागमन कोभिड–१९ अघिको अवस्थामा हालसम्म पनि पुग्न नसक्दा अनुमानित लक्ष्य भेट्न नसकेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले जहाजको ल्यान्डिङ, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ शुल्कका साथै विमानस्थल र प्राधिकरणको भौतिक संरचना भाडाबाट आम्दानी गर्छ ।

आगलागीले १० वर्षमा सात सयको मृत्यु

काठमाडौं : पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै जनधनको क्षति पनि बढेको देखिएको छ।२०७० वैशाखदेखि २०७९ चैत ७ गतेसम्म भएका १८ हजार सात सय ९१ घटनामा ७६९ जनाको ज्यान गएको छ भने दुई हजार ५६८ घाइते भएको तथ्यांक छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यो अवधिमा २२ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ। डढेलोबाट काठपात, जंगली जनावर, जडिबुटीसहित ठूलो पर्यावरणीय क्षति हुने गरेको छ। यसै अवधिमा चट्याङका दुई हजार २८० घटना हुँदा ९०१ जनाको मृत्यु भ

तीन वर्षमा विपद्का घटनाबाट करिब ६ अर्ब क्षति

– दिलकुमार लिम्बूताप्लेजुङमा दैवीप्रकोप तथा विपद्का घटनाबाट तीन वर्षमा रु पाँच अर्ब ९९ करोड ४७ लाख ७४ हजार ४७४ क्षति भएको छ । विपद्जन्य घटनाबाट भएको क्षतिको पछिल्लो तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी आगलागीको घटनाबाट ७० प्रतिशत क्षति भएको छ ।आगलागीका घटनाबाट तीन वर्षको समय अवधिमा रु चार अर्ब १७ करोड ८० लाख ८८ हजार ९७९ क्षति भएको छ । रु नौ करोड ६० लाख ६२ हजार ५०० बाढी र पहिरोबाट र  चट्याङबाट रु १३ लाख १६ हजार क्षति भएको छ ।जिल्लास्थित विपद् व्यवस्थापन समितिका अनुसार पछिल्लो तीन वर्षमा भएक

दश वर्षमा बाढी र पहिरोबाट २ हजारको मृत्यु, करिब साढे १८ अर्बको क्षति

काठमाडौं।मनसुन सुरु भएसँगै बाढी र पहिरोका घटना सुरु भएका छन्। गृह मन्त्रालयको तथ्याङ्कअनुसार २०६८ देखि २०७७ सालसम्ममा नेपालमा बाढी पहिरोका ३ हजार ७७१ घटना भएका छन्।जसमा २ हजार जनाको मृत्यु, ८१२ जना बेपत्ता र १ हजार १७७ जना घाइते भएका छन्। सो अवधिमा बाढीपहिरोले १८ अर्ब ४४ करोड ८ लाख ८६ हजार १२५ रुपैयाँ बराबरको क्षति गरेको छ।

एक वर्षमा विपद्का घटनाबाट करिब साढे दुई अर्बको क्षति

काठमाडौं। पछिल्लो एक वर्षको अवधिमा नेपालमा विपद्का घटनाहरूले २ अर्ब ४२ करोड ९३ लाख ५८ हजार ६६ रूपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। गृह मन्त्रालयका अनुसार २०७७ वैशाख १ गते देखि २०७७ चैत मसान्तसम्मको अवधिमा भएका विपद्का घटनाले उक्त क्षति गरेको हो। उक्त अवधिमा देशभर ४,१५७ वटा विपद्का घटना रेकर्ड भएको गृहले जनाएको छ।