काठमाडौं : पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै जनधनको क्षति पनि बढेको देखिएको छ।२०७० वैशाखदेखि २०७९ चैत ७ गतेसम्म भएका १८ हजार सात सय ९१ घटनामा ७६९ जनाको ज्यान गएको छ भने दुई हजार ५६८ घाइते भएको तथ्यांक छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यो अवधिमा २२ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ। डढेलोबाट काठपात, जंगली जनावर, जडिबुटीसहित ठूलो पर्यावरणीय क्षति हुने गरेको छ। यसै अवधिमा चट्याङका दुई हजार २८० घटना हुँदा ९०१ जनाको मृत्यु भ