काठमाडौं । सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले २०८० वैशाख महिनादेखि २०८१ वैशाख २० गतेसम्ममा प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारण करिव १ अरब २३ करोड रुपैयाँ […]
२१ वैशाख, काठमाडौं । अघिल्लो वैशाखदेखि एक वर्षको बीचमा नेपालमा १ हजार ५४७ को मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । दुर्घटनाबाट ४ हजार १४७ जना गम्भीर घाइते भएको गृहमन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।
शुक्रबार …
विपदबाट विगत पाँच वर्षमा १६ अर्ब २५ करोड आर्थिक क्षति भएको तथ्याङ्क समेतलाई हेर्दा नेपालमा विपदबाट वार्षिक औसतमा ६३० जना भन्दा धेरै मानवीय क्षति हुने गरेको छ भने वार्षिक आर्थिक क्षति औसतमा ३ अर्ब २५ करोड रुपैयाँ छ ।
कर्णाली प्रदेशमा विपदबाट बर्षेनी अर्बौंको धनमालको क्षती हुने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार विभिन्न प्राकृतिक प्रकोपका कारण कर्णालीमा एक बाढी, पहिरो, हिमपात र आगलागीबाट एक वर्षमा मात्रै १ अर्ब ६४ करोडभन्दा धेरै धनमालको क्षति भएको देखिन्छ । २०७७ सालमा कर्णाली प्रदेशमा आगलागी लगायतका विपत्तिबाट एक अर्ब ६४ करोड ५४ लाख एक हजार ५१४ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आर्थिक वर्ष ०७६/७७ मा यस्तो विपत्तिबाट एक अर्ब ५१ करोड ५६ लाख ४८ हजार ८७० रुपैयाँ बराबर