५० मेगावाट बिजुली बंगलादेश निर्यातको आश्वासन

अहिले भारतीय पक्ष प्रसारण लाइनको क्षमता ८ सय मेगावाट क्षमतामा विस्तार गर्न तयार भए पनि नेपालबाट ६०० मेगावाट बिजुली खरिद गर्न भने तयार भइसकेको छैन्।...

सम्बन्धित सामग्री

भारतको बाटो हुँदै ४० मेगावाट बिजुली बंगलादेश निर्यातको तयारी

काठमाडौं। भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी भएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय समिति (जेएससी) को ११औं बैठकले उक्त विषयमा सम्झौताका लागि छलफल गरेको हो । भारत हुँदै बंगलादेश विद्युत् निर्यात गर्न भारतको आयातनिर्यात निर्देशिकाबमोजिम नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच चाँडै नै त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक पक्षमा नेपाल र भारतका ऊर्जा सचिवहरूबीच छलफल भएको छ । उक्त छलफलमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइनहरू, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजना तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात–निर्यातलगायत विषयमा पनि छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले जानकारी दिए । निर्देशक समितिको बैठकले १८ पुसमा सम्पन्न सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले गरेको सिफारिशमा छलफल गरेको थियो । बैठकमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजना तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात–निर्यातलगायत विषयमा पनि छलफल भएको उनले बताए । अन्तरदेशीय प्रसारण लाइनका रूपमा सञ्चालित ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता १ हजार मेगावाट बराबर पुर्‍याउने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ । त्यसका लागि ढल्केबर सबस्टेशनमा आवश्यक पूर्वाधार निर्माण गरिने बताइएको छ । अहिले उक्त प्रसारण लाइनबाट ८०० मेगावाट विद्युत् आयातनिर्यात हुँदै आएको छ । उक्त लाइनको अधिकतम क्षमता उपयोग गर्ने विषयमा संयुक्त प्राविधिक समितिले अध्ययन गरी आवश्यक निर्णय लिनेछ ।  टनकपुर–महेन्द्रनगर १३२ किलोभोल्ट विद्युत् प्रसारण लाइन वा अन्य उच्च भोल्टेज क्षमताका प्रसारण लाइनबाट २०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सम्भावित विकल्पबारे जेटीटीमार्फत अध्ययन गराउने सहमति भएको छ । साथै नेपाल र भारतबीच विद्युत् आयातनिर्यात गर्न आवश्यक थप उच्च भोल्टेज स्तरका प्रसारण लाइनको अध्ययन गर्नेबारे पनि छलफल भएको छ ।

नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

२१ मंसिर, काठमाडौं । बंगलादेशी सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ । त्यहाँको मन्त्रिपरिषद्को आर्थिक मामिला सम्बन्धी समितिको बुधबारको बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो । नेपालबाट खरिद हुने बिजुलीको मूल्य भने नखुलाइएको समाचारहरुमा उल्लेख छ । आगामी मन्त्रिपरिषद्को सरकारी खरिद समिति (सीसीजीपी)को बैठकमा बिजुली खरिद मूल्यबारे […]

४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने

नेपाल–भारत र बंगालादेशबीच विद्युत निर्यात गर्ने, सुनकाशी तेस्रो जलविद्युत आयोजना निर्माण गर्ने विषयमा सहमति भएको छ । नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ५ औं बैठकमा यी मुख्य ६ बुदाँमा सहमति भएको हो । नेपाल–बंगलादेश दुई दिने ऊर्जा वार्तामा नेपाल र बंगलादेशबीच ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको ऊर्जा, […]

९ हजार मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने सम्भावना छ : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले नेपालको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि वातावरण बन्दै गएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभाग, कीर्तिपुरमा अध्ययनरत विद्यार्थीलाई बिहीबार भिजिटिङ प्रोफेसरका रुपमा कक्षा लिने क्रममा उनले नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको बताए । विद्युतको बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने तयारी भइरहेको उनको भनाइ थियो । सानो मात्रामा भारतको बजार खुलेको जानकारी दिँदै उनल

९ हजार मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने सम्भावना छ : पुन

१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि वातावरण बन्दै गएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभाग, कीर्तिपुरमा अध्ययनरत विद्यार्थीलाई बिहीबार भिजिटिङ प्रोफेसरका रुपमा कक्षा लिने क्रममा उनले नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको बताए । विद्युतको बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने […]

तत्काल ५० मेगावाट बिजुली लैजान बंगलादेश सहमत

काठमाडौं । नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णय भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकले भारतीय भूमि र संरचना प्रयोगका सम्बन्धमा आवश्यक सहमति जुटाउनका लागि त्रिपक्षीय छलफल गर्ने सहमति भएको हो । त्यसका लागि पनि दुवै पक्षले पहल गर्ने सहमति भएको […] The post तत्काल ५० मेगावाट बिजुली लैजान बंगलादेश सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एचभीडिसी संरचनाबाट कम्तिमा ५० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने सहमति

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकले बंगलादेशको भेरामारामा अवस्थिति एचभीडिसी संरचनाको बाकी रहेको क्षमता उपयोग गरी नेपालबाट प्रारम्भिक चरणमा ४०–५० मेगावाटसम्मको बिजुली निर्यात गर्न सहमति भएको छ।...

लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म १५ हजार मेगावाट बिजुली

नेपालले अहिले भारतलाई बिजुली बेच्न थालिसकेको बताउँदै भारत र बंगलादेश विद्युत निर्यातको लागि ठूलो बजार रहेको बताए। उनले नेपालमा यातायता, सडक, कृषि, आइटी तथा उत्पादन क्षेत्रमा लगानीको लागि गर्न आग्रह गरे।...

सन् २०२२ बाट बंगलादेशले नेपालको बिजुली खरिद गर्ने

नेपालको बिजुली खरिद गर्न बंगलादेश तयार भएको छ । बंगलादेशले आगामी वर्ष २०७८÷७९ बाट नेपालको हाल खेर गइरहेको ५ अर्ब रुपैयाँ बराबरको ५०० मेगावाट बिजुली खरिद गर्ने भएको हो । हाल बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताएका हुन् । सो अवसरमा राज्यमन्त्री हमिदले आगामी वर्षहरुमा नेपालका निजी क्षेत्रसँग दीर्घकालीन् विद्युत खरिद सम्झौता (पिपि

नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने

काठमाण्डाै – नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ । यसैगरी नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता पीपीए गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने तयारी गरेको छ ।   नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५ सय मेगावाट विद्युत खेर गएको थियो। यसबाट ५ अर्ब रूपैयाँ नोक्सान भएको छ। पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत खेर गइरहेको हो।  बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेश...