काठमाण्डाै – नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ । यसैगरी नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता पीपीए गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने तयारी गरेको छ ।
नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५ सय मेगावाट विद्युत खेर गएको थियो। यसबाट ५ अर्ब रूपैयाँ नोक्सान भएको छ। पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत खेर गइरहेको हो। बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेश...