सन् २०२२ बाट बंगलादेशले नेपालको बिजुली खरिद गर्ने

नेपालको बिजुली खरिद गर्न बंगलादेश तयार भएको छ । बंगलादेशले आगामी वर्ष २०७८÷७९ बाट नेपालको हाल खेर गइरहेको ५ अर्ब रुपैयाँ बराबरको ५०० मेगावाट बिजुली खरिद गर्ने भएको हो । हाल बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताएका हुन् । सो अवसरमा राज्यमन्त्री हमिदले आगामी वर्षहरुमा नेपालका निजी क्षेत्रसँग दीर्घकालीन् विद्युत खरिद सम्झौता (पिपि